Headlines News :
Home » » कांग्रेसका मागबारे आज प्रधानमन्त्रीले सदनमा जवाफ दिने..

कांग्रेसका मागबारे आज प्रधानमन्त्रीले सदनमा जवाफ दिने..

Written By news on Thursday, 23 June 2016 | 22:54


कांग्रेसका मागबारे आज प्रधानमन्त्रीले सदनमा जवाफ दिने
जवाफ चित्त नबुझे सदन अवरोध जारी


भूकम्प पीडितलाई दिइने राहत र पुनर्निर्माणको काममा भएको प्रगतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारको संसद बैठकमा जानकारी गराउने भएका छन् । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले त्यसबारे जानकारी दिनेछन् ।नेपाली कांग्रेसले भूकम्प पीडितलाई राहत वितरण लगायत पाँच बुँदे माग राख्दै बिहीबारको संसद बैठक अवरुद्ध गरेको थियो र प्रधानमन्त्रीको जवाफ मागेको थियो ।


कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ठ दुई लाख रुपैयाँ अनुदान दिनुपर्ने, आफ्नो नेतृत्वको सरकारको पालामा भएको सहुलियत ऋण तत्काल उपलब्ध गराउनुपर्ने, पीडितहरुको तथ्यांक संकलनमा राजनीतिकरण बन्द गर्नुपर्ने, बाढी पहिरो तथा आगजनी पीडितलाई पुनर्वासको व्यवस्था मिलाउनुपर्ने, कर्णाली लगायतका भोकमरीग्रस्त क्षेत्रमा आवश्यक खाद्यान्न पुर्‍याउनुपर्ने लगायतका माग कांग्रेसले राखेको छ । यी विषयमा प्रधानमन्त्रीको चित्तबुझ्दो जवाफ नआए संसद बैठक पुनः अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ । ‘हेरौं चित्तबुझ्दो जवाफ आउँछ की आउँदैन, आएन भने सदनको अवरोध जारी रहन्छ,’ कांग्रेसकी सचेतक इश्वरी न्यौपानेले  भनिन्, ‘केबल तथ्यांकमात्र प्रस्तुत गरेर भएन, काम व्यवहारमा देखाउनुपर्‍यो ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger