Headlines News :
Home » » स्वास्थ्यका विषय पढ्न कति चाहिन्छ ग्रेड, कति हुन्छ खर्च ? -

स्वास्थ्यका विषय पढ्न कति चाहिन्छ ग्रेड, कति हुन्छ खर्च ? -

Written By news on Wednesday, 22 June 2016 | 20:32


रोजगारी पाउने संभावना हुने भएपछि धेरैको रोजाई प्राविधिक विषय हुन्छ । सीटीईभीटीका निर्देशक रमेश बखतीका अनुसार प्राविधिक विषयमा रोजगारका अवसर पनि छन् र आफंै पनि रोजगारको सिर्जना गर्न सकिन्छ । स्वास्थ्य क्षेत्रमा प्राविधिक बिषयमा धेरै विधामा अध्ययन तथा तालिमको अवसर पाउन सकिन्छ । प्राविधिक शिक्षालाई ‘बोली खानेभन्दा गरीखाने शिक्षा’ भनिन्छ । गरिखाने शिक्षाप्रति युवा पुस्ता आकर्षित छन् । सीटीईभीटी एसएलसीपछि प्राविधिक शिक्षा दिने एकमात्र निकाय हो । प्राविधिक शिक्षा प्राप्त जनशक्ति बेरोजगार रहनु पर्दैन जसले गर्दा अध्ययन गर्नेको संख्या पनि बढ्दै गएको छ । तीन बर्षको डिप्लोमा उत्तिर्ण गरेपछि राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बा सरह) को लागि योग्य मानिन्छन् । विद्यालय र विश्वविद्यालयमार्फत् उच्च शिक्षा अध्ययन गर्नेहरुका लागि तहगत व्यवस्था भए जस्तै परिषद् अन्तर्गतका शिक्षालय तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई पनि उच्च शिक्षासम्मको अध्ययन गर्ने अवसर प्रदान गरेको छ । वैदेशिक रोजगारका लागि बजार प्रवेश पाउन प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सहज माध्यम बनेको छ । हासिल गरेको सीप प्रयोग गरी उद्यमशील नागरिक बनेर स्वरोजगार भई अन्य व्यक्तिलाई समेत रोजगार सिर्जना गर्न सक्छन् । स्वास्थ्यतर्फ प्रमाणत्रपत्र तह नर्सिङ, डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्सा (एचए), अप्थाल्मिक साइन्स, डेण्टल साइन्स, रेडियोग्राफी, मेडिकल ल्याब टेक्नोलोजी ल्याब अध्ययन गर्न सकिन्छ । स्टाफ नर्स स्वास्थ्य संकायका अन्यभन्दा यो बिषय धेरै युवतीको रोजाईमा परेको छ । यसमा एक शैक्षिक सत्रमा झण्डै ३ हजार ७ सय २० जना विद्यार्थीले पढ्ने अवसर पाउछन् । स्टार्फ नर्स उत्पादनका लागि सीटीईभीटीका आंगिक र निजी क्षेत्र गरी ९७ भन्दा बढी शिक्षालय छन् । एउटा शिक्षालयमा ४० जनाको भर्ना क्षमता हुन्छ । यो बिषय उत्तिर्ण भएपछि एक वर्षको अनुभव लिएर स्नातक नर्सिङ अध्ययन गर्न योग्य मानिन्छन् । यो विषय अध्ययनका लागि चार लाख ७९ हजार रुपियाँ शुल्क लाग्छ । यो ३ वर्षे कोर्ष हो । डिप्लोमा इन फार्मेसी डिप्लोमा इन फार्मेसी पनि अवसरको भएको कोर्ष हो । ३ वर्षे यो कोर्ष पढेपछि औषधि पसल तथा औषधि कम्पनीमा काम गर्न सकिन्छ वा आफैँ पनि औषधि पसल सञ्चालन गर्न सकिन्छ । एउटा शिक्षालयमा ४० जनाको क्षमता हुन्छ । त्यसअनुसार एक शैक्षिक सत्रमा १ हजार ४० जना विद्यार्थीले अध्ययनको अवसर पाउँछन् । डिप्लोमा इन फार्मेसी उत्तिर्ण भएपछि फार्मेसीमा स्नातक अध्ययन गर्न पाइन्छ । सरकारी रोजगारीका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न अस्पताल, औषधि व्यवस्था विभाग, औषधि कम्पनीमा पाइन्छ । डिप्लोमा इन फार्मेसी गर्न सरकारले समेत छुट्टै नियम बनाएको छ । नगरपालिका क्षेत्रमा रहेको औषधि पसलमा कार्यरत ब्यक्ति कम्तिमा पनि डिप्लोमा इन फार्मेसी उत्तिर्ण गरेको हुनुपर्ने नियम बनाइएको छ । यो विषय अध्ययन गर्न तीन लाख ४७ हजार तीन सय ७९ रुपैयाँ निर्धारण गरिएको छ । सामान्य चिकित्सा (एचए) एचए पढ्नेको संख्या बर्सेनि बढ्दै गएको छ । यो ३ वर्षे कोर्ष पास गरेपछि अस्पताल तथा स्वास्थ्य संस्थामा कामको अवसर पाइन्छ । लोकसेवा पास गरेपछि स्वास्थ्य चौकी प्रमुख हुन पाइन्छ । त्यसैले पनि आकर्षण बढेको हो । प्राथमिक स्वास्थ्य केन्द्र, परिवार नियोजन, खोप कार्यक्रम आदिमा रोजगारीको अवसर हुन्छ । त्यस्तै स्वास्थ्यसम्बन्धी सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्यसम्बन्धी संघ संस्थामा पनि रोजगारीको अवसर उत्तिकै हुन्छ । जनरल मेडिसिन उत्तिर्ण भएपछि स्वदेशी तथा विदेशी विश्वविद्यालयमा ब्याचलर अफ पब्लिक हेल्थ (बिपिएच) अध्ययन गर्न पाइन्छ । सीटीईभीटीले यो विषय अध्ययन गर्न ४ लाख ११ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । हरेक वर्ष १ हजार ८ सय ४० जना विद्यार्थीले यो कोर्ष पढ्ने अवसर पाउछन् । मेडिकल ल्याब टेक्नोलोजी सीटीइभीटीले निकालेको तथ्याङ्कअनुसार नर्सिङ, डिप्लोमा इन फार्मेसी पछि ल्याब टेक्नोलोजी अध्ययन गर्ने धेरै छन् । ३ वर्षे यो बिषय उत्तिर्ण गरेपछि मेडिकल ल्याब टेक्नोलोजीमा ब्याचलर अध्ययन गर्न पाइन्छ । जिल्ला अस्पतालदेखि क्षेत्रीय र राष्ट्रिय स्तरका अस्पताल तथा प्रयोगशालामा रोजगारी पाइन्छ । निजी स्तरका क्लिनिक तथा अस्पतालमा पनि ल्याब असिस्टेन्टको रुपमा जागिर पाइन्छ । डिप्लोमा इन रेडियोग्राफी सरकारी तथा निजी अस्पतालमा एक्स–रे गर्ने जनशक्ति डिप्लोमा इन रेडियोग्राफीको अध्ययन गरेको हुनुपर्छ । यो विश्वविद्यालयको प्रविणता प्रमाणपत्र तह रेडियोग्राफी समकक्षी कार्यक्रम हो । यो विषयको अध्यनपछि जिल्ला अस्पतालदेखि राष्ट्रिय स्तरका अस्पतालसम्म रोजगारीको अवसर हुन्छ । निजी स्तरबाट सञ्चालित अस्पतालमा नर्सिङ होमहरुमा पनि यो तहको जनशक्तिको माग छ । एउटा शिक्षालयमा ३० जनाको भर्ना क्षमता हुन्छ । हरेक वर्ष ५ सय ४० विद्यार्थीले यो कोर्ष पढ्ने अवसर पाउँछन् । यो ३ वर्षे कोर्ष हो । डिप्लोमा इन डेण्टल साइन्स निजी स्तरमा सञ्चालित डेन्टल अस्पताल, क्लिनिकमा यो जनशक्तिको माग छ । डेन्टल साइन्स अध्यापन गराउने राजधानी र बाहिरी सहरमा गरी पाँचवटा शिक्षालय छन् । यो विषयमा सरकारी निकायमा कुनै दरबन्दी सिर्जना भएको छैन । यो ३ वर्षे कोर्ष हो । डिप्लोमा इन अप्थाल्मिक साइन्स पछिल्लोपटक यो विषय पनि विद्यार्थीको रोजाईमा परेको छ । विद्यार्थीको चाप बढेपछि यसवर्षदेखि यो बिषय पढाई हुने कलेजसमेत थप गरिएको छ । यो बिषय अध्ययन गरेका जनशक्ति कम भएपछि माग बढेको हो । बिगतमा विद्यार्थी नभएर बन्द गरेका कलेजले समेत पुनः सञ्चालन गर्न खोजका छन् । आँखाका बिरामीको चाप बढेसँगै यो बिषयको पनि स्कोप बढेको हो । यो विषय पास गरेपछि सहायकको रुपमा आँखाको उपचार गर्न सकिन्छ । यो ३ वर्षे कोर्ष हो । यसैगरी डिप्लोमा वा प्रमाणपत्र तहमा सीटीईभीटीअन्तर्गत अन्य विषय पनि पढ्न सकिन्छ । होमियोप्याथी, आम्ची, अकुपन्चर÷अकुप्रेसर, आयुर्वेद जस्ता विषय पनि पढ्न सकिन्छ । -

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger