|
|
असार ९, काठमाडौँ ।
सरकारले यस वर्षका लागि निर्धारण गरेको विकास लक्ष्य पुरा गर्ने हो भने दैनि ४ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने छ । आर्थिक वर्ष सकिन २४ दिन बाँकी रहँदा ६२ अर्ब रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ । यो संशोधित लक्ष्यको ३९ प्रतिशत र सुरुको विनियोजनको ३० प्रतिशतमात्र हो । सुरुमा २ खर्ब ८ अर्ब खर्च गर्ने योजना बनाएको सरकारले पछिल्लो समय घटाएर १ खर्ब ५९ अर्बमात्रै हुने संशोधित अनुमान सार्वजनिक गरेको हो । संशोधित लक्ष्य हासिल गर्न मात्रै पनि आर्थिक वर्षको बाँकी अवधिमा दैनिक ४ अर्ब रुपैयाँ खर्चनुपर्ने छ ।
कान्तिपुर दैनिकबाट
|
|
Post a Comment