Headlines News :
Home » » दोस्रो बिहे गरेका श्रीमानलाई सपना भन्छिन् ,छोरा छोरी भए उसैको आँडमा बाच्थेँ ।

दोस्रो बिहे गरेका श्रीमानलाई सपना भन्छिन् ,छोरा छोरी भए उसैको आँडमा बाच्थेँ ।

Written By news on Thursday, 16 June 2016 | 00:46

दोस्रो बिहे गरेका श्रीमानलाई सपना भन्छिन् ,छोरा छोरी भए उसैको आँडमा बाच्थेँ । त्यसैले एक्लै बाँच्न कठिन भो ।’ लिएर आउनुहोस् सँगै मिलेर बसौँला,

बिहे गरेको दुई महिनामै श्रीमानलाई विदेश पठाउँदा नरोएको सपना पराजुलीको मन अहिले रोएको छ । पाँच वर्षअघि श्रीमानलाई गरेको विश्वास तोडिएपछि श्रीमानको कुरा गर्‍याे कि सपना रुन थाल्नुहुन्छ । धादिङ धुँषा–१ चरौदींकी सपनाले बिहे गरेको दुई महिनामै श्रीमान विदेश जान्छु भन्दा रोक्न सक्नुभएन । श्रीमान वैदेशिक रोजगारीका लागि कुवेत जाने नै भए । ‘बिहे गर्ने बित्तिकै छुट्टिन कसलाई मन हुन्छ र । अनि टाढा भएर बस्न मलाइ पनि कहाँ मन थ्यो र’ सपनाले भन्नुभयो, ‘तर भविष्य हेरेर ऋण खोजेर विदेश पठाएँ ।’ विदेशमा भएपनि फोनमा कुराकानी भइरहन्थ्यो । त्यसैले सपनालाई श्रीमान नजिकै हुनुहुन्छ जस्तो लाग्थ्यो । एक वर्षसम्म त श्रीमानले फोन गरिरहनु हुन्थ्यो अनि एक वर्षमा एक लाख रुपैयाँभन्दा धेरै पैसा पनि पठाउनुभयो । तर एक वर्षपछि दिपेन्द्रको व्यवहार एक्कासी फेरियो । दिपेन्द्रले फोन गर्न कम गर्नुभयो । -

कहिलेकाहिँ फोन गरेपनि राम्रोसँग बोल्न छोड्नुभयो । ‘मैले त कामको बोझले होला भनेर सोचें’ सपना भन्नुहुन्छ । दिपेन्द्रले फोन नगरेपछि एक दिन सपनाले आफैं फोन गर्नुभयो ।
सोध्नुभयो, ‘दिपेन्द्रको नम्बर होइन ?’ एक महिलाले फोन उठाएर थाहा छैन भन्ने जवाफ दिइन । सपनाले श्रीमानलाई चार वर्षअघि फोन गर्दाका कुरा सुनाउनुभयो । त्यसपछि उतैबाट फोन गर्नुहुन्छ होला भनेर पर्खिएको चार वर्ष बित्यो तर दिपेन्द्रले फोन गर्नुभएन ।

श्रीमतीलाई फोन गर्न छोडेका दिपेन्द्रले त्यसको एक वर्षपछि दिदीलाई फोन गर्नुभएको थियो । त्यतिबेला फोन गर्दा श्रीमतीका बारेमा कुरा गर्नुभएन । नागरिकता पठाइदिनु मात्रै भन्नुभयो दिदीसँग । दिदी सुमित्रा उप्रेती भन्नुहुन्छ ‘किन घरमा फोन गर्न छोडेको अनि घरमा कहिलेकाहिँ त खर्च पनि पठाइदे न भन्न नपाउँदै फोन काट्यो ।’ त्यसपछि दिपेन्द्रले अहिलेसम्म दिदीलाई पनि फोन गर्नुभएको छैन । फोन गर्न छोडेपछि दिदीले दिपेन्द्रलाई फेसबुकमा रिक्वेष्ट पठाउनुभयो । तर रिक्वेष्ट एसेप्ट भएन ।

पछि केटीसँग बसेको फोटो फेसबुकको प्रोफाइलमा राखेको देखेपछि भने दिदी चकित हुनुभयो । दिदीसँगै सपना पनि छाँगाबाट झरेजस्तो हुनुभयो । सुरुमा त उहाँलाई नपत्यार जस्तो लाग्यो । ‘तर श्रीमानले राखेको फोटोमा दिपेन्द्रले मेरी श्रीमती हो भन्दै कमेण्ट गरेको देखेपछि भने केहि सोच्नै सकिनँ’ सपना भन्नुहुन्छ ।

त्यस्तो देखेपछि सपनालाई श्रीमानले फोन गर्नुहुन्छ भन्ने आशा रहेन । तर पनि कहिले काँहि फेसबुक प्रोफाइल भने हेरिरहनुु हुन्छ । ‘खोल्ने वित्तिकै त्यही केटीसँगै बसेको र त्यहि कमेण्ट देख्छु’ भन्न नपाउँदै सपनाको अनुहारको रङ फेरियो । भन्नुहुन्छ ‘सुनेकी छु बच्चाको आमालाई बिहे गरेको हो रे । आइमाइको शत्रु आइमाइ नै हुन्छ भन्थे, हो रहेछ । आज मेरो सहारालाई खोसी, मेरो अर्को सहारा पनि कोहि छैन । छोरा छोरी भए उसैको आँडमा बाच्थेँ । त्यसैले एक्लै बाँच्न कठिन भो ।’

बिहे गरेको थाहा पाएको तीन वर्ष पुग्यो । तीन वर्षमा श्रीमानलाई फर्काउन सपनाले हरसम्भव प्रयास गर्नुभयो तर अहिलेसम्म सक्नुभएको छैन । केहि गर्दा पनि श्रीमानलाई नेपाल फर्काउन नसकेकी सपना निन्याउरो अनुहारमा भन्नुहुन्छ ‘बिहे गरिहाल्नु भएछ अब लिएर आउनुहोस मिलेर सँगै बसाैँला ।’
बुहारीको खाउँखाउँ लाउँलाउँ भन्ने उमेरमा निन्याउरो अनुहार देख्दा सुमित्रालाई पनि नरमाइलो लाग्छ । अनि अब यतै आएर दुई जनालाई नै मिलाएर बसिदियोस भन्ने लाग्छ । भन्नुहुन्छ, ‘एउटी महिलालाई श्रीमानको माया भन्दा ठूलो के हुन्छ र त्यसैले यतै आएर दुवैलाई मिलाएर बसे हुन्थ्यो ।’

दिपेन्द्रलाई घर फर्काउने उपाय खोज्दै विभिन्न संघसंस्था धाइरहेका सपना र सुमित्रा धादिङमा रहेको आवाज अभियान नेपालको कार्यालयमा पनि आइपुग्नुभयो । तर संस्थाले पनि सहयोग गर्न सक्ने सम्भावना त्यति धेरै छैन भन्ने जवाफ दियो । संस्थाकी कार्यक्रम संयोजक इन्दिरा अर्यालले भन्नुभयो ‘विदेशमा समस्या भएका र नेपाल फर्कन चाहेको तर कम्पनीले जान नदिएको अवस्थामा मात्र हामीले नेपाल झिकाउन पहल गर्न सक्छाैँ तर दिपेन्द्र बिहे गरेर बसेकाले फर्काउन सक्ने सम्भावना कम हुन्छ ।’

दिपेन्द्रलाई पर्खिने श्रीमती सपना र दिदी सुमित्रा मात्रै होइनन् । घरमा डाँडाको घाम जस्तै भइसक्नु भएका बुबा हुनुहुन्छ । उहाँहरुले भनिरहनु भएको छ ‘छोरा तैंले अहिले केहि दिनका लागि सोचिस् होला तर तेरो नामको सिन्दुर लगाएर तेरो बाटो हेरिरहेकी बुहारीको हालत के होला ? त्यसैले जति सक्दो छिटो फर्केर आइज ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger