Headlines News :
Home » » भिरमह बचेर आएको पैसाले सडक..

भिरमह बचेर आएको पैसाले सडक..

Written By news on Thursday, 16 June 2016 | 01:23


पर्वत – भुकताङ्ले गाविसका बासिन्दाले भिरमह बिक्री गरेर गाउँमा सडक निर्माण गरेका छन् ।
भिरमह बिक्री गरी छ लाख रुपैयाँको लागतमा कास्कीको नयाँपुलदेखि पर्वतको भुकताङ्ले–८ र ९ हुँदै पुनः कास्कीको पर्यटकीयस्थल दाङ्सिङ सुधामेसम्म करिब चार किलोमिटर सडकको ट्र्याक खोलेका हुन् । स्थानीयवासी महानबहादुर गुरुङका अनुसार स्थानीयले यस वर्ष ३०० किलो मह सङ्कलन गरेका थिए ।

प्रतिकिलो मह दुई हजार रुपैयाँका दरले स्थानीय बजार र पोखरा तथा काठमाडौँमा बिक्री गरी रकम सङ्कलन गरिएको गुरुङको भनाइ छ । उक्त सडक निर्माणसँगै पर्यटकीय सहर पोखरालाई हिमालपारिको जिल्ला मुस्ताङ हुँदै कोरला नाका जोड्ने सडकको नयाँ ट्र्याक समेत जोडिएको छ ।

अन्नपूर्ण पदमार्गलाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने गरी स्थानीयवासीले ट्र्याक खोलेका हुन् । ट्र्याक खुलेपछि पोखरादेखि मुस्ताङ जाने सवारी साधनका लागि करिब ३५ किलोमिटर सडक छोटिएको बताइएको छ ।

प्रकाशित मिति: बिहिबार, असार २, २०७३ समय: १३:३७:५६

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger