Headlines News :
Home » » छोरीको जन्मदर घट्दै गएकोप्रति सरोकारवालाको चिन्ता......पुरा पठनुस...

छोरीको जन्मदर घट्दै गएकोप्रति सरोकारवालाको चिन्ता......पुरा पठनुस...

Written By news on Thursday, 16 June 2016 | 00:29

भक्तपुर, २ असार । समाजमा छोरीको जन्मदर घट्दै गइरहेकोप्रति सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले समाजमा लिङ्ग पहिचान गरी गर्भपतन समेत भइरहेकाले त्यसको रोकथामका लागि कडा कानुनी व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका छन् ।

नेपाल बालमजदुर सरोकार केन्द्र (सिविन)द्धारा भक्तपुरमा सञ्चालित ‘बाधा तोडौँ : शिशु बालिकाको अधिकार संरक्षण गरौँ’ परियोजनामा नागरिक सञ्जालको प्रभावकारिता र बाल संरक्षणसम्बन्धी संयन्त्रको सुदृढीकरण विषयमा बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागीले शिक्षित र सभ्य मानिएका व्यक्तिबाट नै गर्भपतन गराउने प्रवृत्ति वृद्धि भएकोमा चिन्ताको विषय बनेको बताए ।

कार्यक्रममा सिविनका कार्यक्रम व्यवस्थापक ध्रुव गौतमले सामान्यतयाः १०० बालकको जन्म हुँदा १०६ बालिका जन्मनुपर्नेमा भक्तपुरको एक नगरपालिकाको एउटा वडामा गरिएको सर्वेक्षणमा ४६ वटा सुत्केरीका घटनामा १६ बालिकाको जन्म भएको पाइएको जानकारी दिनुभयो । उहाँले समाजमा छोरी जन्मेकै कारण अझै पनि आमा अपहेलित हुनुपर्ने अवस्था भएकाले छोरीको जन्मदर घट्दै गइरहेको बताउनुभयो ।

नागरिक सञ्जालका संयोजक विष्णु बास्तोलाले छोरा मात्र जन्माउँदा बुहारी कहाँबाट ल्याउँछौँ भन्ने ज्ञान अभिभावकलाई दिनसके छोरीको जन्मदर बढ्न सक्ने धारणा राख्नुभयो । उहाँले छोरी मात्र जन्माएर बसेका समाजका अभिभावकलाई सम्मान गर्ने परिपाटी सरकारीस्तरबाटै हुनुपर्ने सुझाव दिँदै त्यसो हुनसके छोरी जन्माउने आमा अपहेलित हुने क्रम बन्द हुन सक्ने उल्लेख गर्नु भयो ।

महिला स्वास्थ्य स्वयम्सेविका यशोदा कार्कीले सहजै भ्रुमको लिङ्ग पहिचान गर्न सकिने व्यवस्था भएकाले पनि गर्भपतनका घटना वृद्धि भइरहेको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाको बालसंरक्षण समन्वय समितिका संयोजक राजु खत्रीले चिकित्सक नैतिक जिम्मेवार हुन नसक्दा लिङ्ग पहिचान गरी गर्भपतन गराउने प्रवृत्ति विकसित भएको धारणा राख्नु भयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक शेखर खनालले कानुनले लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्यलाई पूर्णरुपमा दण्डित गरेको उल्लेख गर्दै त्यस्ता घटना प्रहरीसमक्ष जानकारी गराउन नागरिक समाजलाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तेजप्रकाश पौडेलले सामाजिक परम्परासँग जेलिएको समस्या भएकाले एकै पटक समाधान नहुने बताउँदै यसको न्यूनीकरणका लागि सामाजिक जनचेतना सँगसँगै कानुनी प्रावधानका बारेमा जानकारी गराउँदै लानुपर्ने बताउनुभयो । रासस
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger