|
|
काठमाडौं ।
नक्कली चिकित्सकहरु धमाधम कारवाहीमा परिरहेका बेला सरकारले गैरकानुनी कार्य गर्ने गैरसरकारी संस्थाहरुलाई पनि कारवाही गर्ने भएको छ । स्थानीय विकास मन्त्रालयले जिल्लामा रहेका गैरसरकारी संस्थाहरुलाई सुष्म निगरानी गर्न जिल्ला विकास समिति र नगरपालिकाहरुलाई पत्राचार गरेको छ । एनजिओ र आइएनजिओहरु गैरकानुनीरुपमा सञ्चालन भएको र कार्यपनि गैरकानुनी गरेको उजुरी परेपछि स्थानीय विकास मन्त्रालयले कारवाहीको प्रक्रिया अघि बढाएको हो । जिल्लामा रहेका गैरकारी र अन्तराष्ट्रिय गैग्रसकरारी संस्थाहरुलाई सुष्म अध्ययन गरी कारवाही गर्न मन्त्रालयले खिलित निर्देशन दिएको छ । मन्त्रालयले नागरिकका नाममा दात्रृ निकायबाट करोडौ रकम लिने र दुरुपयोग गर्ने गरेको भन्दै कारवाही प्रक्रिया अघि बढाएको हो । केहि समय अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एचआइभी एड्स, लागु औषध दुब्र्यसनी जस्ता कार्यक्रमको रकम दुरुपयोग भएको निस्कर्ष निकालेको थियो । अख्तियारको छानविन र निस्कर्षपछि स्थानीय विकास मन्त्रालयले छानविनको प्रक्रिया अघि बढाएको छ ।
|
|
Post a Comment