Headlines News :
Home » » फुटबल खेलाडीलाई एन्फाले सम्मान गर्दै, प्रत्येक खेलाडीलाई १० लाख, सर्वोत्कृष्ठको २५ लाख कस्ले पाउला -

फुटबल खेलाडीलाई एन्फाले सम्मान गर्दै, प्रत्येक खेलाडीलाई १० लाख, सर्वोत्कृष्ठको २५ लाख कस्ले पाउला -

Written By news on Tuesday, 31 May 2016 | 04:56


बंगबन्धु च्याम्पियन हुँदा । फाइल : तस्वीर

काठमाडौं । अखिल नेपाल फुटबलसंघ एन्फाले नेपाली फुटबल खेलाडीलाई सम्मान एवं पुरस्कृत गर्दै छ । बेलुकी ५ बजेपछि सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा हुने एक समारोहबीच एन्फाले खेलाडी सम्मान गर्न लागेको हो । खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा आृेलीले सम्मान गर्ने कार्यक्रम रहेको एन्फाका प्रमुख कार्यकारी एवं प्रवक्ता इन्द्रमान तुलाधरले जाकारी दिए ।

तुलाधरका अनुसार बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको उपाधि जित्ने फुटबल खेलाडीलाई जनही पाँच लाख र भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेता पुरुष फुटबल टोलीका सदस्यले समेत जनही पाँच लाख पाउने छन् ।

दुवै प्रतियोगितामा अधिकांश खेलाडी एउटै भएकाले दोहोरो प्रतियोगिता खेल्ने खेलाडीले दुवै गरेर १० लाख पाउने छन् । यस्तै, १२ औं सागको उपविजेता महिला फुटबल टोलीका सदस्यले जनही १ लाख पाउने छन् । महिला फुटबल टोली सागमा भारतसंग हार्दा पुरुष फुटबलटोलीले भारतलाई उसैको मैदानमा हराएर स्वर्ण चुम्दै इतिहास रचेको थियो ।

प्रतियोगिताको फाइनल जितेसंगै एन्फाले पुरस्कारको घोषणा गरको थियो । यस्तै, एन्फाले दिँदै आएको सर्वोत्कृष्ठ खेलाडी पुरस्कार समेत यही समारोहमा वितरण गर्ने भएको छ । एन्फाले दिने सर्वोत्कृष्ठ खेलाडी पुरस्कार राशि २५ लाख छ । २५ लाख पाउने भाग्यसाली
खेलाडी नेपाली फुटबलका तारा नवयुग श्रेष्ठले पाउने प्रवल सम्भावना छ । यस्तै, सरकारले समेत आफ्नो तर्फबाट प्रत्येक पुरुष फुटबल खेलाडीलाई पाँच लाख र महिला खेलाडीलाई २ लाख दिने घोषणा गरेको थियो ।
- See more at: http://hamrakura.com/news-details/8923/2016-05-31#sthash.mWR0FIah.0UWLLEAA.dpuf
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger