|
|
यो तस्बिरले एक वर्षअघि टर्किस समुद्री किनारमा ज्यान गुमाएका सिरियाली बालक अयलान कुर्दीको दर्दनाक मृत्युलाई सम्झाएको छ ।
यो तस्बिरमा एक जर्मन उद्धारकर्मीको हातमा करिब एक वर्षका बालक रहेका छ्न् । यो तस्बिर अलपत्र आप्रवासीहरुलाई सुरक्षितरुपमा एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउने कुरामा युरोपेली देशहरुलाई प्रेरित गर्नका लागि सार्वजनिक गरिएको हो ।
नाबालकको एउटा तस्बिर, जसले विश्वलार्इ रुवायो
तस्बिरमा जुन बच्चलाई तपाईंले देखिरहनुभएको छ अब उनी यो संसारमा भौतिकरुपमा छैनन् । लिबियाबाट इटाली आउने क्रममा भूमध्यसागरमा दुर्घटनामा परेको डुंगा नजिकै यो तस्बिर शुक्रबार खिचिएको हो । डुंगा डुब्दा उनीसहित ४५ जनाको ज्यान गएको थियो । यो घटनामा १३५ जना आप्रवासीलाई बचाइएको थियो ।
जर्मनीको मानवाधिकार संस्था सी-वाचका लागि काम गरिरहेका उद्धारकर्मी मार्टिन (काल्पनिक नाम) ले जब बच्चालाई देखे तब समुद्रमा एउटा गुडिया तैरिरहेको ठाने ।
‘मैले बच्चालाई हातमा उठाएर आफ्नो अंगालोमा लिँदा उनका दुबै आँखा खुलिरहेका थिएनन्’, उनले भने, ‘त्यसपछि मैले बच्चाको छाती दबाएर केही प्रतिक्रिया आउँछ कि भन्ने कोशिस गरेँ । बच्चलाई देख्दा लाग्थ्यो उनी ६ घन्टाअघिसम्म जीवितै थिए ।’
ज्यान गुमाएका यी नाबालक लिबियाका हुन सक्ने अनुमान गरिएको छ । उनीसहित युरोप पस्न खोज्ने अभिभावक पनि समुद्रमा डुबेपछि उनको ज्यान गएको अनुमान गरिएको छ ।
सन् २०१४ देखि अहिलेसम्म भूमध्यसागरमा आठ हजार बढी आप्रवासीले युरोप पस्न खोज्दा डुबेर ज्यान गुमाइसकेका छन् ।
गत सातामात्रै डुंगा पल्टिँदा भूमध्यासागरमा डुबेर मर्नेको संख्या आठ सय ५० भन्दाबढी पुगिसकेको छ । – अन्नपूर्णपोष्टबाट ।
|
|
Post a Comment