Headlines News :
Home » » आईएस चरम आर्थिक संकटमा, लगायो अनौठो जरिवाना

आईएस चरम आर्थिक संकटमा, लगायो अनौठो जरिवाना

Written By news on Tuesday, 31 May 2016 | 06:28


१८ जेठ, २०७३ ।
नेपाली हेडलाइन-२४ ।  कुख्यात आतंकवादी संगठन आइएस अहिले तिव्र आर्थिक संकटबाट गुज्रिरहेको विभिन्न अन्तराष्ट्रिय मिडियाहरुमा खबर आइरहेको छ । चरम आर्थिक संकटबाट गुज्रिरहेको आइएसले आर्थिक संकटबाट उत्रिने उपाय स्वरुप नयाँ कर तथा जरिवाना नीति थप गरेको छ । यस अन्तरगत आइएसले अबदेखि दाह्री काट्ने पुरुषबाट एक सय डलर तथा बढि टाइट कपडा लगाउने महिलाबाट २५ डलर कर तथा जरिवाना अशुल्ने निर्णय गरेको छ ।
आइएसले आफ्नो आधारक्षेत्रमा बस्ने मानिसहरुमा यस्तो कर तथा जरिवाना नीति लागु गरेको हो ।आइएसएस नामक अन्तराष्ट्रिय संस्थाका शोधकर्ताहरुले गरेको अध्ययनका क्रममा यस्तो पाइएको हो । विभिन्न स्थानीय समाचार तथा सूचनाका आधारमा शोधकर्ताहरुले आइएसको नयाँ कर तथा जरिवाना नीतिबारे समग्र विश्लेषण प्रस्तुत गरेका छन् ।
शोधकर्ताका अनुसार वित्तिय स्थितिमा लगातार गिरावट आउँदै जाँदा आइएसले आफ्नो प्रभाव क्षेत्रमा लगातार कर तथा जरिवानामा वृद्धि गरिरहेको छ । र विभिन्न मामिलामा नयाँ कर समेत लगाउन थालेको छ । पछिल्लो ६ महिनामा तेलबाट उठ्ने रकमका साथै आफ्नो प्रभाव इलाका समेत खुम्चिएको अवस्थामा लागेको घाटा पूर्तिका लागि आइएसले कर तथा जरिवाना बढाउने उपाय अपनाएको बताइउको छ ।इराक तथा इरान लगायतका आइएस प्रभावित क्षेत्रका जनतामा लागू भएको नयाँ नियम अनुसार पुरुषले पूरै दाह्री खौरिँदा १ सय डलर तथा आधा खौरिँदा ५० डलर बराबरको जरिवाना तिर्नुपर्छ । त्यस्तै परम्परागत पहिरन राम्रोसँग नलगाउने पुरुषले ५ डलर जरिवाना तिर्नुपर्छ ।
महिलाले आँखाबाट पर्दा हटाएर आँखा नांगो पारेमा १ ग्राम सुन वा १० डलर जरिवाना तिर्नुपर्नेछ । त्यस्तै आइएसका चेक प्वाइन्टमा ट्रकहरुले ६ सय देखि ७ सयसम्म जरिवाना तिर्नुपर्नेछ । रिपोर्ट अनुसार पछिल्लो ४ महिनामा मात्रै आइएसले आफ्नो नियनत्रणमा रहेको २२ प्रतिशत भुभाग गुमाइसकेको छ । आर्थिक संकटले घेरेसँगै उसले विभिन्न सजाय तोकिएका मानिसहरुबाट पैसा लिएर सजाय माफी दिन थालेको बताइएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger