|
|
काठमाडौं । ‘अब विवादका कुरा धेरै भए, आरोप प्रत्यारोप पनि धेरै लागे, भो अब हामी मिलौँ’ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गणतन्त्र दिवसको अवसरमा राखेको कक्टेल पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिमाल साप्ताहिकका प्रधानसम्पादक कनकमणि दिक्षितलाई भने ‘कति लखेट्नुहुन्छ, पुराना कुरा छोडौ, हामी नमिलि भएन क्या ।
माओवादी आन्दोलन र क्रियाकलापको चर्काे आलोचना गर्दै आएका दिक्षित र डरलबादीको संज्ञा दिने प्रचण्डबीच सोमबार ललितपुरस्थित ऋद्धिसिद्धमा भेट भएको थियो । पत्रकारहरुको माझमा दिक्षित बसेका थिए । दिक्षितसँग कान्तिपुरका सम्पादक सुधिर शर्मा, हिमाल साप्ताहिकका सम्पादक किरण नेपाल, जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठ, अनलाइन खवरका अरुण, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्य, पूर्वप्रधानमन्त्रीका प्रेस सल्लाहकार बिष्णु रिजाल बसेका थिए ।
त्यहिबेला अलि ठुलो आवाजमा नजिकै आएर भने ‘पुराना कुरा विर्सेर हामी नमिलि भएन’, यता आउनुस थप कुरा गरौ भन्दै दिक्षितको हात ताने । त्यसपछि त्यहाँ रहेका सवै पत्रकार अलि ठुलो स्वरमा हाँस्न थाले । आफ्ना लेख वा सार्वजनिक कार्यक्रममा माओवादी युद्धमा भएका ज्यादतिका घटनाको निरन्तर दिक्षितले आलोचना गर्दै आएका छन् । माओवादीको एक मुख पत्रले दिक्षितलाई देशकै दुष्मणको संज्ञा पनि दिएको थियो ।
|
|
Post a Comment