Headlines News :
Home » » काठमाण्डौ को होस्टेलमा राखेका छात्रालाई ढिला क्लासमा आउदा २३ जना किशोरीलाई गोप्य अंगमा कुटाइ

काठमाण्डौ को होस्टेलमा राखेका छात्रालाई ढिला क्लासमा आउदा २३ जना किशोरीलाई गोप्य अंगमा कुटाइ

Written By news on Monday, 30 May 2016 | 22:09

राजधानीको शंखमूलस्थित केएमसी स्कुलका २३ छात्रा होस्टेल वार्डेनको कुटाइबाट बिरामी परेका छन् । होस्टेलमा राखेका विद्यार्थी कक्षामा तीन मिनेट ढिला आएको निहुँमा वार्डेन वसन्त ज्ञवालीले पाइपले पिटेका थिए

। कान्तिपुर दैनिकले समाचार छापेको छ । बुधबार पाइपले पिटेको नीलडाम शनिबारसम्म निको भएको छैन । एसएलसीको तयारी कक्षा भन्दै बिहान र बेलुका थप पढाइ सुरु गरेपछि विद्यार्थीलाई होस्टलमा राखिएको थियो । शिक्षकको पिटाइबाट १० कक्षाकी छात्रा ऐश्वर्या शर्मा, सिसम पोखरेल, अप्सना नेपाल र शुभकामना कुशवाह बिरामी परेका छन् ।
पिटाइबाट ज्वरो आएपछि विद्यालयले नजिकैको मेडिकलबाट एन्टिबायोटिक ल्याएर खुवाउँदा पनि जानकारी नगराएको अभिभावकको गुनासो छ । विद्यालयमा आफ्ना छोरी सुरक्षित नभएको भन्दै पाँच विद्यार्थीलाई अभिभावकले शनिबार घर ल्याएका छन् । ‘कुटाइबाट अझै ज्वरो आइरहेको छ,’ अप्सनाकी आमाले भनिन्, ‘छोरीलाई कुटेको देखेर पीडाले हामी पनि चिन्तामा छौं ।’ कुटाइको पीडा सहन नसकेर अप्सना शुक्रबार बेहोस भएको उनकी साथीले बताइन् । छोरीको नीलडाम देखेपछि सहन नसकेर यसरी फिर्ता ल्याएका अभिभावकहरू बताउँछन् ।

बुधबार साढे ६ बजे होस्टेलको कक्षामा नपुगेको भन्दै होस्टेल वार्डेन ज्ञवालीले २३ छात्रालाई पिटेको विद्यार्थीहरूले बताए । ‘नियमित कक्षा सकाएर होस्टेल रुममा मोजा धुँदा तीन मिनेट ढिला पुगेका थियौं,’ एक विद्यार्थीले भनिन्, ‘किन ढिला आएको भन्दै पाइपले जथाभावी हान्नुभयो । रोयो भने थप हान्ने चेतावनी दिएपछि सहेर बस्यौं ।’ पाइपले हानेपछि बेन्चमा बस्न पनि नसकेको विद्यार्थी बताउँछन् । त्यस दिन राति १० बजेसम्म पीडा सहेरै कक्षामा बसेको पनि उनीहरूले बताए । ‘कोठामा आएपछि एकले अर्कोको घाउ हेर्दै रोयौं,’ एक विद्यार्थीले भने, ‘सबैको नीलो डाम देख्यौं ।

आफ्नो समस्या सुनाउनसमेत नभ्याई अन्धाधुन्ध कुटेको विद्यार्थीहरू बताउँछन् । कुटाइबाट बिरामी छात्रालाई विद्यालयले नजिकैको शुभकामना मेडिकलमा परीक्षण गराएर औषधि खुवाएको थियो । ‘एन्टिबायोटिक खुवाइरहेको रहेछ,’ एक अभिभावकले भने, ‘तर, हामीलाई खबर गरेनन् ।’ केही अभिभावकले आफ्नो छोरी बिरामी भएको शुक्रबार अपराह्न मात्रै थाहा पाए । आमालाई खुला ठाउँमा घाउ देखाउन नसकेपछि उनीहरूले शौचालयमा लगेर देखाएका थिए । घरमा आमाबुबाले ठूलो स्वरले बोल्दा पनि पिलपिल आँसु झार्ने बालिकालाई पाइपले हानेको जानकारी अभिभावकले तीन दिनपछि मात्रै थाहा पाए ।

छोरीलाई कुटेको शुक्रबार राति मात्रै थाहा पाएँ । छोरीलाई किन पिट्यो भनेर रातभरि सुत्न सकिन,’ शुभकामनाकी आमाले भनिन्, ‘जाँघभन्दा माथि हिर्काएको रहेछ । अझै नील छ ।’ यातना थाहा पाएपछि विद्यालय पुगेका अभिभावकहरूले छोरीको अवस्था देखेर आक्रोश मात्रै पोखेनन्, पाइपको नीलडाम देखेर रोए । ‘गोरुलाई जस्तो कुट्ने गरी मेरो छोरीले के बिगारिन् ?’ विद्यालयका निर्देशक दुर्गाजंग कार्कीलाई प्रश्न गर्दै एक अभिभावकले भने, ‘अपराधीलाई त पिट्न पाइँदैन । छोरीलाई पिट्ने शिक्षकलाई कारबाही गरियोस् । मेरो बच्चा यहाँ राख्नु छैन, घरमै लैजान्छु ।

अर्का शिक्षक भीम धिमालले पनि बारम्बार यातना दिने गरेको विद्यार्थीहरूले बताएका छन् । बुधबार शिक्षक वसन्तले पिटेको कुरा अभिभावकलाई भनेको भन्दै धम्क्याएपछि उनीहरू झन् त्रासमा छन् । ‘शिक्षकको यातना कति दिन खपेर बस्ने ? अब त कहिले निस्केर जाउँजस्तो भएको छ,’ एक विद्यार्थीले भनिन् । केएमसीले १० कक्षामा भर्ना शुल्कबापत १० हजार लिएको थियो भने होस्टेलमा राख्न फेरि भर्ना शुल्क भन्दै १८ हजार लिएको अभिभावकले जनाएका छन् ।

यति धेरै पैसा तिरेपछि राम्रो शिक्षा देला भनेको, यातना पो दिँदो रहेछ,’ एक अभिभावकले भने । विद्यालयका निर्देशक दुर्गाजंग केसीले शिक्षकले गल्ती गरेको भन्दै अभिभावकसँग बारम्बार माफी मागिरहेका थिए । ‘हामीले नसोचेको गल्ती भयो,’ उनले भने, ‘अब यस्तो हुन दिँदैनौं । सुरक्षाको ग्यारेन्टी गर्छौं |

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger