Headlines News :
Home » » बजेट लगत्तै सरकार परिवर्तनको खेल शुरु :माओवादीका नेताहरु प्रत्यक्ष रुपमा सक्रिय

बजेट लगत्तै सरकार परिवर्तनको खेल शुरु :माओवादीका नेताहरु प्रत्यक्ष रुपमा सक्रिय

Written By news on Monday, 30 May 2016 | 23:05

बजेट प्रस्तुत भइसकेपछि फेरि सरकार परिवर्तनको वहस एक पटक चुलिएको छ । बैशाख २३ गते सत्तारुढ दल नेकपा एमाले र तत्कालीन एकीकृत नेकपा माओवादीबीच ९ बुँदे र अर्को एक भद्र सहमति कार्यान्वयन गर्दै सरकार परिवर्तन गर्नुपर्ने पक्षमा माओवादीका नेताहरु अहिले प्रत्यक्ष अप्रत्यक्ष रुपले सक्रिय हुन थालेका छन् ।

बैशाख २३ गते एमाले र माओवादीबीच ९ बुँदे सहमति भयो । सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने पूर्व सध्यामा सरकार परिवर्तन नगर्न माओवादी राजी भएपनि अलिखित तीन बुँदे भद्र सहमति भएको बताइएको छ ।
नौ बुदेमा सरकार परिवर्तनको बिषय कही उल्लेख नभएपनि त्यस वाहेक भएको भनिएको ३ बुँदे सहमतिको पहिलो बुँदामा बजेट प्रस्तुत गरेपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने र एमाले प्रस्तावमा पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको तथ्यहरु यतिबेला सार्वजनिक भइरहेका छन् ।
दोस्रो नम्बरमा संघीय, प्रादेशिक र स्थानीय निकायको निर्वाचनमा एमाले र माओवादीबीच कार्यगत एकता गर्ने तथा तेस्रो नम्बरमा दुई पार्टीबीचको सहकार्य एवम् सघन र सुदृढ बनाउँदै समृद्धि, सामाजिक आर्थिक रुपान्तरण र समाजवाद  निर्माणको दिशामा अगाडि बढ्ने सहमति भएको भनिएको छ । र, त्यही सहमति अनुसार यो सरकार परिवर्तन हुनुपर्नेमा माओवादी जोड छ । यसबारे माओवादीका नेता बर्षमान पुन ।

माओवादी नेताहरुले एमालेसँग भएको भद्र सहमतिबारे केही तथ्यहरु सार्वजनिक गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकार परिवर्तन गर्ने कुनै सहमति नभएको बताएका छन् ।  प्रधानमन्त्री ओलीले वर्तमान सरकारले बजेट कार्यान्वयन गर्ने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा एमाओवादीसँग
कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको स्पष्ट पारे ।
एमाले भित्रकै कतिपय नेताहरु भने त्यतिबेला भएको भद्र सहमति कार्यान्वयन हुनुपर्ने बताइरहेका छन् । एमाले र माओवादीका शीर्ष नेताहरुले एक साथ हात उठाएर नौ बुँदे सहमति गरेको र त्यही अनुसार सरकार परिवर्तन गर्नु पर्ने पक्षमा एमालेकै नेताहरु लागि परेका छन् । यसबारे एमालेका पोलिव्युरो सदस्य तथा सांसद गंगालाल तुलाधर ।

अहिले नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको तथा बजेट आइसकेको अवस्थामा माओवादी नेताहरु ३ बुँदे भद्र सहमति कार्यान्वयन हुनुपर्ने पक्षमा देखिएका छन् । बजेटकै बिषयमा समेत माओवादीले आफूले भनेको कार्यक्रम नपरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । माओवादीका तर्फबाट प्रस्तावित कतिपय कार्यक्रमलाई सरकारले महत्व नदिएपछि माओवादी फेरि असन्तुष्ट बनेको छ ।

असन्तुष्टि बढेपछि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सरकारले प्रस्तुत गरेको बजेटका विषयमा छलफल भयो । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा तामाकोशी जलविद्युत आयोजनामा युद्धका शहीद परिवारलाई १० लाख बराबरको शेयर दिने, किसानलाइ पेन्सन लगायतका विषयमा केन्द्रित थियो ।

बजेट आइसकेपछि माओवादीले अहिले पूर्व सहमतिको पालना गर्नुपर्ने र असार १५ गतेभित्र नयाँ सरकार बनाउनु पर्ने बिषयलाई जोड दिन थालेको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger