Headlines News :
Home » » नेवि सङ्घका कारण पार्टी बलियो :सभापति देउवा

नेवि सङ्घका कारण पार्टी बलियो :सभापति देउवा

Written By news on Tuesday, 31 May 2016 | 06:41

महाधिवेशन नहुनुको कारण नेतालाई आरोप लगाएर काम छैन
काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी सङ्घका कारण नेपाली काँग्रेस बलियो भएको बताएका छन् ।

नेवि सङ्घ केन्द्रीय समितिको आयोजना तथा नेवि सङ्घ पब्लिक युथ क्याम्पस एकाइको व्यवस्थापनमा आज यहाँ आयोजित ‘नेवि सङ्घको ११ औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम निर्माणका लागि उपत्यकास्तरिय प्रशिक्षण कार्यक्रम’को उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले नेवि सङ्घले पार्टीलाई बलियो बनाएको बताए ।

उनले भने “नेवि सङ्घको महाधिवेशन हुन नसक्नु नेताको कारणले भनेर नेतालाई आरोप लगाएर काम छैन, महाधिवेशन कुनै हालतमा हुन्छ, तपाईंहरु दृढ भएर लाग्नुहोस् पार्टीको पूरा समर्थन छ ।” उनले नेवि सङ्घभित्र नयाँ पुस्तालाई समावेश गर्नु आवश्यक रहेको भन्दै नयाँ पुस्तालाई समेट्ने भावनाको नेतृत्व ल्याउनसमेत सुझाव दिए ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने नेतृत्व नेवि सङ्घको आवश्यकता भएको बताउनुभयो । उनले भने, “गाउँ र देशबाट क्रमशः युवा विदेश पलायन हुँदैछन् यसलाई रोक्नका लागि नेवि सङ्घले भूमिका खेल्नुपर्छ ।” नेवि सङ्घभित्र स्वच्छ प्रतिस्पर्धा र एकता आवश्यक रहेको उनको भनाइ थियो ।

उनले संविधान कार्यान्वयन गर्न ढिला भइसकेको बताउँदै विपक्षी र आन्दोलनरत दललाई सरकारले समेट्न नसकेको गुनासो गरे । उनले भने, “नेपाली काँग्रेस स्थानीय चुनावको पक्षमा छ, गाविसका ठाँउमा गाउँपालिका बनाएर छ महिनाभित्र निर्वाचन गरौँ, निर्वाचन गर्न नसके पदमा बस्नुको औन्चित्य छैन ।”

नेता पौडेलले देश दिनानुदिन सङ्कटमा फस्न लागेको भन्दै सरकार र आन्दोलनरत दलको मध्यस्तकर्ता भएर काँग्रेस अगाडि बढ्न तयार रहेको स्पष्ट पारे ।

नेवि सङ्घका अध्यक्ष रञ्जित कर्णले नेवि सङ्घले पटकपटक अधिवेशन गर्न खोज्दा पनि पार्टी र सङ्घको आन्तरिक कारणले रोकिएको भन्दै अब कुनै पनि हालतमा अधिवेशन नरोकिने बताए । उनले भने “हामी २५ गते केन्द्रीय समितिको बैठक डाकेर महाधिवेशनको समय तोक्छौँ ।”

नेवि सङ्घका पूर्वअध्यक्ष कल्याण गुरुङ, महेन्द्र शर्मा, पूर्वउपाध्यक्ष नैनसिंह महर, पूर्वमहामन्त्री मनोजमणि आचार्य, पूर्व केन्द्रीय सदस्य दीपक भट्टराई, पुष्पकुमार शाही, कृष्णकुमारी बस्नेत, नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यलगायतले निर्वाचनबिना प्रजातन्त्र बलियो नहुने भन्दै नेविसङ्घको नयाँ नेतृत्व निर्वाचनमार्फत ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सभापति देउवाले नेविसङ्घको झण्डा सगरमाथाको चुचुरोमा पु¥याएका नेविसङ्घ झापाका विद्यार्थी अनिश लुईंटेललाई सम्मान गरेका थिए। रासस

- See more at: http://www.nayapage.com/88713#sthash.pyTUtCEi.eSkUYf79.dpuf
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger