Headlines News :
Home » » ५ घण्टा लगाएर आशिषको पोलिग्राफ जाँच,मनिषाको पोस्टमार्टमको अन्तिम रिपोर्ट एस्तो निस्कियो

५ घण्टा लगाएर आशिषको पोलिग्राफ जाँच,मनिषाको पोस्टमार्टमको अन्तिम रिपोर्ट एस्तो निस्कियो

Written By news on Tuesday, 31 May 2016 | 06:53


१८ जेठ, काठमाडौं । मनिषा मृत्युको कारण पत्ता लगाउन क्रियाशील प्रहरीले उनका प्रेमी भनिएका आशिष चौधरीको पोलिग्राफ जाँच गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलमा पाँच घण्टा लगाएर चौधरीको जाँच गरेको हो । जाँचका लागि पोखराबाट प्रहरी निरीक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा दुई सदस्यीय टोली नवलपरासी आएको थियो । शान्त र एकान्त ठाउँमा पोलिग्राफ टेस्ट गर्नुपर्ने भन्दै चौधरीलाई सुनवल लगिएको थियो ।पोलिग्राफ टेस्टको निष्कर्ष भने सार्बजनिक गरिएको छैन । उक्त जाँचलाई काठमाडौं पठाइने र त्यसपछि मात्रै सार्बजनिक गरिने नवलपरासीले जनाएको छ । प्रहरीलाई बुझाइएको मनिषाको पोष्टमार्टम रिपोर्टले हत्या हो कि आत्महत्या भनेर स्पष्ट उल्लेख गरेको छैन ।
पोस्टमार्टम रिपोर्ट भन्छः ह्याङ्गिङबाट मनिषाको मृत्यु
 चिकित्सकले फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको पोस्टमार्टमको अन्तिम रिपोर्ट प्रहरीलाई बुझाएका छन् । त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज फोरेन्सिक विभागका चिकित्सकले मंगलबार प्रहरीलाई बुझाएको रिपोर्टमा घाँटीमा परेको दबावले मनिषाको मृत्यु भएको जनाइएको छ । रिपोर्ट अनुसार मनिषाको गालामा सामान्य चोट छ र घाँटीमा २५ सेन्टिमिटरको डाम छ । ‘हाम्रो अनुसन्धानले उहाँको मृत्यु हृयाङ्गिङबाट भएको पुष्टि गरेको छ’, विभागका प्रमुख डा. हरिहर वस्तीले अन्नपूर्णसँग भने,’ हृयाङ्गिङको अर्थ आत्महत्या वा हत्या जुनसुकै पनि हुन सक्छ । यसको अनुसन्धानले प्रहरीले गर्नु पर्ला ।’ १७ वर्षीया मनिषा गत जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ स्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् । प्रहरीले घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान अघि बढाएको छ । मनिषाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले उनका प्रेमी अशिष चौधरीलाई नियन्त्रणमा लिएको छ । चौधरीले मनिषाको मृत्यु अघि उनीसँग झगडा भएको तर आफुले हत्या नगरेको बयान दिँदै आएका छन् । अनुसन्धानका क्रममा नवलपरासीमै प्रहरीले उनको पोलिग्राफ पाँच घण्टा लगाएर गरेको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger