Headlines News :
Home » » साधारण र पूँजीगत बजेटमा अघिल्लो सरकार भन्दा अहिलेको सरकार कति फरक ? (विवरण सहित)

साधारण र पूँजीगत बजेटमा अघिल्लो सरकार भन्दा अहिलेको सरकार कति फरक ? (विवरण सहित)

Written By news on Tuesday, 31 May 2016 | 07:03


फाइल फोटो

काठमाडौं। सरकारले गत जेठ १५ गते व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको  आर्थिक वर्ष २०७३-७४ को वार्षिक आय व्ययको विवरणलाई धेरैले महत्वाकांक्षी भनेर आलोचना गरे भने कतिले त हावामा उडेर ल्याएको बजेट कार्यान्वयन गर्न नसक्ने अवस्था रहेको भनेर विश्लेषण समेत गर्ने गरेका छन्।

अघिल्लो आर्थिक वर्षको तुलनामा २८ प्रतिशतले बढी हुनेगरी सरकारले १० खर्ब ४८ अर्ब ९२ लाख बराबरको बजेट प्रस्तुत गरेको थियो। त्यसमा सरकारले धेरै नयाँ कार्ययोजनाहरू पनि थपेको बताईरहँदा सरकारले ल्याउने बजेटका कार्यक्रमहरू जतिसुकै नयाँ र धेरै भएपनि ती सबै कार्यक्रमहरूलाई पूँजीगत खर्च र चालू खर्च गरी दुई भागमा विभाजन गर्ने गरिन्छ।

सरकारले पूँजीगत खर्च र चालू खर्चको विषयमा यसरी छुट्टाउने बजेट मध्ये पूँजीगत अन्तर्गत विकासे बजेटलाई समेटिएको हुन्छ भने चालू खर्चभित्र कर्मचारी प्रशासनका कुरा, विभिन्न अर्धसरकारी तथा संस्थानहरूलाई दिईने अनुदान लगायतका विषयहरू पूँजीगत खर्च अन्तर्गत् छुट्टाउने गरिएको छ। त्यस्तैगरी विकास बजेट अथवा पूँजीगत खर्चको रूपमा भने विकासे बजेटलाई राख्ने गरिएको अर्थमन्त्रालयले जनाएको छ।

मन्त्रालयले बजेट तर्जुमा गर्नेबेलामा चालू तर्फ ६७ शीर्षक तथा पुँजीगत तर्फ १२ शीर्षकमा बजेट विनियोजन गर्ने गरिएको छ। यसमध्ये चालू आर्थिक वर्षमा चालू खर्च तर्फ ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार रूपैयाँ चालू तर्फ खर्च गरेको थियो। जुन अघिल्लो आर्थिक वर्षको ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार भन्दा १ खर्ब ३२ अर्ब ८९ करोड ७७ लाख ५४ हजारले बढी हो।

त्यस्तै, पूँजीगत खर्च तर्फ सरकारले यो वर्ष ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार रूपैयाँ विनियोजन गरेको छ। जुन अघिल्लो वर्षको २ खर्ब ८ अर्ब ८७ करोड ७२ लाख ४२ हजार रूपैयाँ भन्दा एक खर्ब ३ अर्ब ६ करोड ९० लाख ८३ हजार रूपैयाँले बढी हो।

यस सम्वन्धि विस्तृत जानकारी एवं चालू आर्थिक वर्षमा अघिल्लो सरकारले ल्याएको बजेट र यो सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा देखिएको शीर्षकगत भिन्नता यस्तो छः–

- See more at: http://www.hamrakura.com/news-details/8932/2016-05-31#sthash.7bSgzzDV.2wZ20aEx.dpuf
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger