Headlines News :
Home » » अचम्म ! पुरुषको पेटमा जुम्ल्याहा भ्रुण !

अचम्म ! पुरुषको पेटमा जुम्ल्याहा भ्रुण !

Written By news on Tuesday, 31 May 2016 | 04:26

एजेन्सी– मलेसियाका एक किशोरको पेटमा जुम्ल्याहा बच्चालाई शल्यक्रिया गरी हटाइएको छ । १५ वर्षीय मोहद जुल सहरिल सैद्दिनको पेटमा उनी जन्मिदा खेरी नै भ्रुण रहेको चिकित्सकले बताएका छन् । उनको अवस्थालाई चिकित्सकीय भाषामा फोइटस इन फोइटस बताइन्छ । उनको पेटभित्र राम्रोसँग विकसित नभएको जुम्ल्याहा भ्रुण पाइएको थियो । भ्रुणको कपाल, खुट्टा र लिंगको विकसित भएको थियो । उनको उत्तर पश्चिम मलेसियाली राज्य केदामा सफलतापूर्वक शल्यक्रिया गरिएको थियो ।

मेरो छोराको पेटबाट शल्यक्रिया गरी भ्रुण हटाइएको छ । भ्रुणमा नाक र मुखबाहेक सबै अंग विकसित भएका थिए,’ किशोरकी आमा अहमद भन्छिन् । पछिल्लो चार महिनामा किशोरले अत्यधिक पेट दुखेको बताएपछि उनलाई अस्पताल लगिएको थियो । ८० प्रतिशत घटनामा पेटभित्र यस्तो भ्रुण देखिन्छ । तथापी केही विरामीको खप्परमा समेत यस्तो देखिन्छ । पछिल्लो समय शरिरको कुनै अंगभित्र भ्रुण उत्पन्न भएका घटना चौतर्फी देखिन्छ । विश्व स्वास्थ्य संगठनले फोइटस इन फेटुलाई एक प्रकारको क्यान्सरको संज्ञा दिएको छ जहाँ ट्युमर पूर्ण विकसित भएको हुन्छ । गत वर्ष पनि बेलायतमा एक बालिकाको पेटभित्र जुम्ल्याहा भ्रुण देखिएको थियो । उनी जन्मिएको केही महिनापछि पेट बेस्सरी फुलेको थियो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger