Headlines News :
Home » » हातमा क्यान्सर हुँदा मलेसियामा बिचल्ली, अस्पताल भन्छ – ‘हात काट्नु पर्छ’

हातमा क्यान्सर हुँदा मलेसियामा बिचल्ली, अस्पताल भन्छ – ‘हात काट्नु पर्छ’

Written By news on Sunday, 9 February 2020 | 23:07

होटलमा मजदुरी गर्ने बुबालाई सुख होला भनेर दुई महिनाअघि नेपालबाट मलेसिया उडेका बैतडीका २३ वर्षिय रमेश चन्दको हातमा क्यान्सर हुँदा मलेसियामा बिचल्ली भएको छ । अस्पतालले २३ वर्षिय रमेशको हात काट्नु पर्ने कुरा गरेको छ । काम गर्न गएको कम्पनीले जबरजस्ती काममा लगाईरहेको खबर पाएपछि घरपरिवार छाँगाबाट खसेजस्तै भएका छन् ।

दुई दिनअघि फोनमा “बुबा म घर फर्किन्छु भन्दै छोरा मलेसियामा रुने, होटलमा काम गर्ने उहाँका बुबाको हारगुहार कसैले नसुन्ने” भएपछि ती युवाका बुबा नेपालमा रोईरहनु भएको छ । बैतडीको पाटन नगरपालिका–७, किम्तोलीका २३ वर्षिय रमेश चन्द २०७६ मंसिर २६ गते काठमाडौं स्थित नमस्ने नेपाल नामको कम्पनीलाई एक लाख रुपियाँ तिरेर मलेसिया पुगेकोे २३ वर्षिय युवाका बुबा सुरेन्द्रबहादुर चन्दले बताउनुभयो । गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित यो खबर गोकर्ण दयालले लेखेका हुन्।

विदेश उड्नु अघि छोराको हातमा मासुका ससाना गिर्खा भएकोले पछि समस्या त हुँदैन भनेर कम्पनीलाई भने पनि एक लाख रुपियाँ दिए सबै ठिक हुने भन्दै कम्पनीले छोरालाई दुई महिना अघि मलेसिया उठाएको सुरेन्द्रबहादुर चन्दले बताउनुभयो । मसेलिया पुगेको दुई महिनामै रमेशको हातमा क्यान्सर भएकोले हात काट्नु पर्ने भन्दै अस्पतालले रेफर गरेको मलेसिया स्थित २३ वर्षिय युवालाई सहयोग गरिरनु भएका बैतडीका जीवन नेगीले बताउनुभयो ।

नेगीले भन्नुभयो–“ रमेश चन्द मलेसियाको मलक्का राज्यको एक रबर कम्पनीमा काम गर्न आएका हुन् । आएको दुई महिनामै हात सुन्नीन थालेपछि अस्पताल जाँदा हातमा क्यान्सर भएको अस्पतालले बताएको छ । उपचार गराउनु सट्टा काम गर्ने कम्पनीले पैंसा तिरेर ल्याएको भन्दै जबरजस्ती काममा लगाईरहेको छ । भेट गर्न जाँदो कम्पनीले भेट्न दिएको छैन ।” काठमाडौंबाट मलेसिया पठाउने कम्पनीले पहल नगरेसम्म मलेसिया स्थित नेपाली दूताबासले पनि रमेश चन्दका बारेमा कुरा गर्दा सुनुवाई नगरेको नेगीले बताउनुभयो ।

छोरा घर फर्काउन कम्पनीले चार हजार मलेसियाको मुद्रामा रकम तिर्न भनेकोले त्यति धेरै पैंसा छोरासित नभएपछि घर परिवार चिन्तामा डुबेको युवाका बुबा सुरेन्द्रबहादुर चन्दले पीडा सुनाउनुभयो । छोराको हातको बारेमा मलेसिया उड्नु अघिनै नमस्ते नेपाल नामको कम्पनीसित कुरा गरे पनि कम्पनीले केही नहुने बताएको थियो तर, अहिले समस्या आईलागेको छ, चन्दले भन्नुभयो ।

बैतडीको कैलपालमा सात जनाको परिवारलाई खान लगाउन नपुग्दा २३ वर्षिय रमेश चन्दका बुबा सुरेन्द्रबहादुर चन्द कञ्चनपुरको एक होटलमा काम गर्दै आईरहनु भएको छ । घरको दुःख र बुबाले होटलमा काम गर्नु पर्दाको पीडा देखेर रमेश चन्दले विदेश गएर धेरै धन कमाउने सपना बोकेर दुई महिना अघि मलेसिया पुग्नु भएको थियो । धन कमाउने सपनाले अहिले चन्द परिवारको घरमा पीडा थपिएको छ ।

छोरालाई कसरी घर फर्काउन सकिन्छ भन्ने विषयमा रातदिन चिन्तामा डुबीरहेका सुरेन्द्रबहादुर चन्दले नेपाली कम्पसित हारगुहार गरिरहरको बताउनुभयो । यो विषयमा २३ वर्षिय रमेश चन्दलाई मलेसिया उडाउने नमस्ते नेपालका सञ्चालक शिब खत्रीसित कुरा गर्दा खत्रीले हातमा क्यान्सर भएर रमेश चन्दको हात काट्नु पर्ने कुरा युवाको निजी कुरा भएको बताउँदै ती युवालाई नेपाल फर्काउन पहल भईरहेको टेलिफोनमा बताउनुभयो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger