Headlines News :
Home » » हे भगवान, बोल्दै गरेकी छोरी हेर्दाहेर्दै निधन भयो, बिश्वास नै गर्न सकिनन् आमाले !

हे भगवान, बोल्दै गरेकी छोरी हेर्दाहेर्दै निधन भयो, बिश्वास नै गर्न सकिनन् आमाले !

Written By news on Monday, 3 February 2020 | 23:08

रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज तथा शिक्षण अस्पताल (युसिएमएस) को ग म्भीर लापरबाहीका कारण एक ८ वर्षीया बालिकाको निधन भएको छ।

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर २ बैजलपुरकी सुविका थापा मगरलाई अस्पतालमा उपचारका लागि पुर्‍याएको आठ घण्टासम्म पनि चिकित्सक नआएका कारण बालिकाको निधन भएको परिवारको आरोप छ। उनीहरुका अनुसार नर्सहरुको भरमा उपचार गर्दा बालिकाको निधन भएको हो।

‘नर्सहरुले पख्नुहोस् ५ मिनेटमा डाक्टर आउनुहुन्छ भन्दाभन्दै ८ घण्टा सम्म कुराए, उपचार हुन सक्दैन पनि भनेनन्, डिस्चार्ज पनि दिएनन्’, बालिकाकी ठूली आमा सरु थापाले भनिन्, ‘उपचार राम्ररी हुन नपाई ज्या न गयो।’ अस्पतालले शनिबार बिहान साढे ८ बजे बालिकाको निधन भएको जानकारी गराएको थियो।

८ वर्षिया सुबिकालाई पेटमा समस्या देखिएपछि शुक्रबार उपचारका लागि परिवारका सदस्यले बुटवलस्थित आम्दा अस्पताल पुर्‍याएका थिए। आम्दाले भिडियो एक्सरे गर्ने चिकित्सक नभएको भन्दै भैरहवास्थित मेडिकल कलेज रिफर गरेको हो।

दक्ष चिकित्सकको सेवा पनि पाइने र राम्रो उपचार हुने भन्दै शुक्रबार राति १२ बजे मेडिकल कलेज लगिएको आफन्तले बताएका छन्। तर अस्पताल पुर्‍याएपछि समयमा उपचार नहुँदा साढे आठ घण्टामा बालिकाको निधन भयो।

‘अस्पताल पुग्दासम्म हाम्री छोरीको अवस्था राम्रो थियो। तर अस्पतालमा चिकित्सक नआएर त्यहाँ रहेका नर्सहरुले गलत औ षधी र ओ’भरडो’ज दिँदा सुबिकाको अकालमै निधन भयो’, ठूलीआमा सरुको दाबी छ।

अस्पतालमा सुबिकाको रोग नै पहिचान नगरी औ षधी चलाइएकाे, भिडियो एक्सरेसमेत नगरेको परिवारको आरोप छ।

अस्पतालका प्रवक्ता तथा जनसम्पर्क अधिकारी सुशिल गुरुङ बालिकालाई अस्पतालमा उपचारका लागि राति १ बजे ल्याएको दाबी गर्छन्। उनले बालिकाको उपचारका क्रममा भएको निधनमा उपचारमा संलग्न चिकित्सक तथा प्राविधिकहरुको दोष छ या छैन भन्ने छानबिन भइरहेको र छानबिन समिति बनाएको बताए।

डा. सञ्जिव रञ्जनको संयोजकत्वमा छानबिन समिति बनाइएको छ। ‘बुटवलबाट भैरहवासम्म ल्याएर उपचार गर्दाको अवस्था सम्म के–के भएको छ सबै घटनाक्रमलाई केलाउने काम भएको छ, निधनबारे यथार्थता आउन सक्छ’,गुरुङले भने।

अस्पतालको लापरबाहीले बालिकाको ज्या न गएको भन्दै मृतकका आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाही र मृ तकका परिवारलाई क्षतिपूर्तिको माग राख्दै दबाब दिएपछि मेडिकल कलेजले छानबिन समिति बनाएको हो।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger