|
|
उनको प्रेमीका पनि पछिल्लो समयको चर्चित कलाकार हुन्, अहिले निकैनै लोकप्रिय बन्दै गइरहेको एप टिकटकबाट भाइरल बनेकी प्रिज्मा खतिवडा सँग सागर लम्साल बलेको गहिरो प्रेम सम्बन्ध रहेको उनले सार्वजनिक गरेको पोस्ट बाट बुझ्न सकिन्छ । टिकटिकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी जुम्ल्याहा दिदिबहिनी प्रिज्मा प्रिन्सी खतिवडा सँग बलेले “रनभुल” नामक एक म्युजिक भिडियोमा सँगै काम पनि गरिसकेका छन् ।
हाँस्यटेलिसिरियल भद्रगोल हुँदै सक्किगो नी सम्म आइपुग्दा बलेको चर्चा पनि निकै नै लोभलाग्दो छ । उनले सिरियलमा प्रस्तुत गरेका हाउभाउ र बले डान्सलाई दर्शकले अौधी रुचाउँछन् ।
यतिबेला सागर लम्साल बलेलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ । केहिले पहिल्यै देखिनै शंका लागेपनि एकिन गर्न नसकेको प्रतिक्रिया दिइरहेका छन् भने धेरैले बधाई र शुभकामना दिएका छन् ।
बलेकी प्रेमीका प्रिज्मा खतिवडाले पनि बले फिचर्ड हरेक गीतको टिकटक भिडियो पहिल्यैदेखि बनाउँदै आएकी थिइन् । यसकारण पनि उनिहरु प्रेम सम्बन्धमा निकै अगाडिदेखि रहेको अनुमान लगाउन सकिन्छ ।
सागर लम्साल र प्रिज्मा खतिवडालाई चौतारी मिडियाको तर्फबाट पनि शुभकामना ।
|
|
Post a Comment