|
|
गायिका राउतलाई प्रहरीले पक्राउ गरेको छ । राउत सोमबार बिहान प्रहरी कार्यालय, टेकु पुगेकी थिइन् । प्रहरीले त्यहीबेला उनलाई पक्राउ गरेको हो । गायिका राउतलाई ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
राउतले गत साता विदेशबाट फर्कँदा त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । विमानस्थलमा प्रहरी जवान रमिशा श्रेष्ठले उनलाई चेकजाँच गरेकी थिइन । राउतले घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर प्रहरीलाई जथाभावी गालीसमेत गरेकी थिइन् ।
गायिका राउनलाई वर्ष वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने सम्भावना छ । अभद्र व्यवहार कसुर’मा १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । डिएसपी बोगटीले राउतलाई कैद र जरिवाना दुबै हुन सक्ने बताउनु भयाे ।
|
|
Post a Comment