Headlines News :
Home » , » चीनमा फैलिरहेको रहस्यमय भाइरस के हो? नेपाल कति जोखिममा?

चीनमा फैलिरहेको रहस्यमय भाइरस के हो? नेपाल कति जोखिममा?

Written By news on Sunday, 26 January 2020 | 00:10

चीनका विभिन्न सहरमा अहिले कोरोनाको नयाँ रहस्यमय भाइरसको संक्रमण फैलिएको छ। चीनको वुहान‚ बेइजिङ र सेन्जेन शहरमा यो नयाँ रहस्मय भइरस पाइएको छ। यो भाइरसबाट चीनमा २ सयको हाराहारीमा संक्रमित फेला परेका छन्।

अहिलेसम्म यो भाइरस श्वासप्रश्वासको मध्यमबाट सरेका कारणबाट तीन जनाको मृत्यु पनि भइसकेको जनाइएको छ।

ब्रिटेनका एक विशेषज्ञका अनुसार चीनले बताएको भन्दा धेरै नै व्यक्ति उक्त भाइरसबाट संक्रमित भएका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार यसको प्रकोप पनि बढिरहेकाले यसबारेमा विभिन्न जाँचहरू भइरहेका छन्।

यो नयाँ कोरोना भाइरस डिसेम्बर महिनामा पत्ता लागेको थियो।

कस्तो छ यो भाइरस?
कोरोना भाइरसबाट संक्रमित बिरामीबाट लिइएको नमुना प्रयोगशालामा परीक्षण पनि गरिसकिएको छ। उक्त परीक्षणपछि मात्रै विश्व स्वास्थ्य संगठनले चीनलाई उक्त भाइरस कोरोना भाइरस भएको बताएको थियो।

कोरोना भाइरसका धेरै प्रकारहरू हुन्छन्। तीमध्ये केवल ६ भाइरसलाई मात्र संक्रमण फैलाउन सक्ने भाइरस भनी बताइएको छ।

नयाँ भाइरसको जेनेटिक कोडको विश्लेषणबाट मानिसमा ‘सार्स’को तुलनामा कोरोना भाइरसको संक्रमण छिटो फैलन्छ।

सार्स नामक कोरोना भाइरसलाई अरुभन्दा खतरनाक भाइरस भनी मनिन्छ। सन् २००२ मा चीनमा सार्सका कारणबाट ८ हजार ९८ मानिसहरू संक्रमित भएका थिए।

अहिले देखिएको भाइरसमा के नयाँ छ?
चीनस्थित वुहान शहरका अधिकारीहरूका अनुसार गत साता १ सय ३६ मानिसहरूमाथि गरिएको प्रशिक्षणमा केही नयाँ लक्षण देखा परेका छन्। यही भाइरसकै संक्रमणबाट चीनमा अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ। यसका साथै चीनमा उक्त भाइरसबाट मर्नेको संख्या ३ पुगेको छ।

आइतबार साँझ अधिकारीहरूले वुहान शहरमा १ सय ७० जनाको उपचार भइरहेको बताए। तीमध्ये ९ जनाको स्थिती गम्भीर भएको समेत अधिकारीहरूले जानकारी दिए।

सेन्जेनका अधिकारीका अनुसार सेन्जेनमा एक ६६ वर्षीय वृद्धलाई पनि सो भाइरसको संक्रमण देखा परेको बताइएको छ। चीनको नेसनल हेल्थ कमिसनले कोरोना भाइरसलाई अझै पनि नियन्त्रण गर्न सकिने भनी बताएको थियो।

यसले कस्तो असर पार्न सक्छ?
यसको संक्रमण हुनुभन्दा पहिले रुघाखोकी लाग्ने समस्या हुन्छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा गाह्रो हुने समस्याहरू देखापर्न थाल्छन्। यसको असर गम्भीर भएमा संक्रमित व्यक्तिको ज्यानै समेत जाने जोखिम पनि बढेर जाने सम्भावना हुन्छ।

यूनिभर्सिटी अफ एडिनबर्गका प्रोफेसर मार्क बुलहाउस भन्छन्‚ ‘हामीले यस्तो नयाँ किसिमको कोरोना भाइरस देख्नासाथ यसको असरको बारेमा जान्न धेरै प्रयास गर्यौंव। यो अरु चिसोमा देखापर्ने जस्तो रोग होइन। त्यो नै चिन्तको विषय हो।’
कहाँबाट आयो कोरोना भाइरस?
अहिले देखिएको कोरोना भाइरस एकदमै नयाँ किसिमको भाइरस हो।

यो भाइरस एक जीवबाट सजिलैसँग अर्कोमा सर्न सक्ने किसिमको हुन्छ। यो संक्रमण फैलिसक्दा पनि यसको बारेमा प्रायःलाई थाहा हुँदैन।

नोटिङ्गम यूनिभर्सिटीका एक भइरोलोजिस्ट प्रोफेसर जोनाथन बल भन्छन्‚ ‘यो एकदमै नयाँ किसिमको भाइरस भएकाले यो भाइरस पशुबाट मानिसमा सरेको अनुमान गर्न सकिन्छ।’

नेपाल कति जोखिममा?
चीनमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि सर्न सक्ने विश्लेषण गरिएको छ। पछिल्लो समय चीनमा मात्र नभएर जापान र थाइल्याण्डमा पनि यसको संक्रमण देखिन थालेको पाइएको छ। थाइल्याण्डमा २ जना र जापानमा १ जना उक्त भाइरसबाट संक्रमित भइसकेकाले नेपालमा पनि यो भाइरस विभिन्न माध्यमबाट आउन सक्ने आशङ्का गरिएको छ। चीनबाट नेपाल आउने पर्यटकहरुको संख्या हरेक वर्ष बढ्दो क्रममा रहेको तथ्यांकले देखाउँछ।

सन् २०१८ मा नेपाल भित्रिने पर्यटकको संख्या हेर्दा चीन दोस्रो ठूलो देश भएको देखिन्छ। यस मानेमा पनि नेपाल यो भाइरसको उच्च जोखिममा देखिन्छ। यस्ता भाइरस नेपालमा भित्रन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई अझ विस्तार, चुस्त र प्रविधियुक्त बनाउन आवश्यक देखिन्छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger