Headlines News :
Home » » काठमाण्डौमा देखियो कोरोना भाइरस: टेकु अस्पतालमा उपचार हुदै गर्दा एक युवकको डिस्चार्ज गरेपछि उक्त भाइरस अन्यलाई पनि सर्ने आसंका !

काठमाण्डौमा देखियो कोरोना भाइरस: टेकु अस्पतालमा उपचार हुदै गर्दा एक युवकको डिस्चार्ज गरेपछि उक्त भाइरस अन्यलाई पनि सर्ने आसंका !

Written By news on Saturday, 25 January 2020 | 22:20

माघ १२-चीनको वुहानमा पीएचडी अध्ययरत एक जना नेपाली विद्यार्थी गत पुस २० मा घर आएका थिए। ज्वरो, श्वासप्रश्वासलगायत समस्या देखिएपछि उनी पुस २८ मा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गए। उनमा नोवल कोरोना भाइरसको सं क्रमण भएको आशंका गरियो।

आइसोलेसन वार्डमा राखेर उनको उपचार गरियो। सपछि रगत र र्यालको नमुना परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको हङकङस्थित कोलाबरेटिङ सेन्टरमा पठाइयो।नमुना परीक्षणमा कोरोना भाइरस सं क्रमण भएको पुष्टि भयो। शुक्रबार पुष्टि भएको रिपोर्ट आउँदा ती बिरामी डिस्चार्ज भइसकेका थिए। यो खबर आजको कान्तिपुरमा बुनु थारुले लेखेकी छन्।

भाइरस सं क्रमण आशंका गरिएका ती विद्यार्थीलाई नमुना परीक्षकै बेला किन घर पठाइयो भन्ने प्रश्न यतिबेला टड्कारो बनेको छ। सँगै, डिस्चार्जपछि उनी कहाँ कहाँ, को कोसँग सम्पर्कमा आए, के सरकारले उनको परिवार र उनी सवार विमानमा रहेका अन्य यात्रुको स्क्रिनिङ गर्योजस्ता प्रश्न पनि आम मानिसमा उठेका छन्।कतिपयले ती विद्यार्थीलाई उच्च निगरानीमा राखिरहन नसक्नुलाई सम्बन्धित अस्पतालको लापरबाही भनेका छन्।

चीनबाट फर्किएका एक नेपालीमा नोवल कोरोना भाइरसको सं क्रमण पुष्टि भएसँगै थप तीनजनामा त्यसको आशंका गरिएको नागरिक दैनिकमा समाचार छ। कोरोना भाइरसको सं क्रमणको आशंकामा दुईजनालाई शुक्रबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ। कोरोनाकै आशंकामा अर्का एकजना निजी अस्पतालमा भर्ना भएका छन्। उनीहरूको नाम खुलाइएको छैन। रुघाखोकी र श्वासप्रश्वासमा समस्या अएपछि पुस २८ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो।

चीनको वुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय ती युवक अस्पतालबाट डिस्चार्ज भए पनि चिकित्सकको नियमित निगरानीमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले बताए। सं क्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय एक युवक शुक्रबार शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका हुन्।

अस्पताल स्रोतका अनुसार हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ। त्यस्तै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएको सरुवा रोग अस्पताल स्रोतको भनाइ छ। एक निजी अस्पतालमा पनि कोरोना भाइरस सं क्रमण भएको आशंकामा एकजना भर्ना भएको जानकारी प्राप्त भएको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बताउँछन्। कोरोना भाइरसको आशंकामा भर्ना हुने बिरामीको संख्या बढ्न थालेपिछ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आपतकालीन बैठक राखेको एक उच्च अधिकारीले बताए।

चीनमा कोरोना भाइरसले महामारीको रूप लिएको नयाँ पत्रिका दैनिकमा समाचार छ । संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ४१ जनाको ज्या न गएको छ । शनिबार मात्रै १५ जनाको निधन भएको छ । मृ तक सबै हुपेई प्रान्तको वुहान सहरका हुन् । देशभर १३ सयभन्दा बढी सं’क्रमित छन् । शनिबार भेटिएका एक सय ८० बिरामीमध्ये ७७ वुहानकै छन् । तीमध्ये केहीको अवस्था ग म्भीर छ ।

एक करोड १० लाख जनसंख्या रहेको वुहानमै गत महिना पहिलोपटक कोरोनाको सं क्रमण देखिएको थियो । अहिले विश्वभर फैलिँदै छ । चीनले कोरोना नियन्त्रण गर्न व्यापक सतर्कता अपनाएको छ । नयाँ वर्षका धेरै कार्यक्रम रद्द भएका छन् । वुहानसँग जोडिएका १४ सहरमा आवतजावत नै बन्द गरिएको छ । वुहानमा सम्पूर्ण बस, मेट्रो, रेल र फेरी सेवा स्थगित गरिएका छन् भने त्यहाँबाट उड्ने विमान सेवा पनि रद्द गरिएको छ ।

वुहानमा कोरोना सं क्रमितको उपचारका लागि मात्रै विशेष अस्पताल बनाउन सुरु गरिएको छ । २५ हजार वर्गमटिर क्षेत्रफलमा निर्माण भइरहेको एक हजार शय्याको अस्पताल ६ दिनमा तयार हुनेछ । निर्माणमा ४५ डोजर प्रयोग गरिएका छन् । नयाँ अस्पतालले मेडिकल स्रोतसाधनको विद्यमान समस्यालाई समाधान गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सन् २००३ मा सार्स भाइरस सं क्रमणका वेला पनि बेइजिङमा एक सातामा एउटा अस्पताल निर्माण भएको थियो । ग्रेटवालको केही अंशलगायत बेइजिङको महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्द छन् । देशका अन्य भागमा हुन लागेका महत्वपूर्ण कार्यक्रम पनि रद्द गरिएका छन् । सांघाईको डिज्नी रिसोर्ट अस्थायी रूपमा बन्द छ भने पाँच सहरमा म्याक डोनाल्ड रेस्टुरेन्टका शाखा बन्द छन् ।

चीनको वुहानमा अध्ययन गरेर फर्किएका जनकपुरका ३२ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि नेपालले सतर्कता अपनाएको सोही पत्रिकामा समाचार छ । कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न पाँच अस्पताल तोकेको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल तोकिएका हुन् ।

शनिबार सबै अस्पताल प्रमुखहरूलाई बोलाएर तयारी अवस्थामा रहन दिर्नेशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । प्रारम्भिक चरणमा बिरामी हेर्न शुक्रराज तथा सरुवा रोग अस्पताललाई जिम्मा दिएको छ । दुई हप्ताअघि वुहानबाट नेपाल आएका युवालाई पनि ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि सुरुमा टेकु अस्पतालमै भर्ना गरिएको थियो । कोरोना भाइरसको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको थियो । तर, परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि विश्वस्वास्थ्य संगठन ९डब्लुएचओ०को अग्रसरतामा उनको रगत र र्‍यालको नमूना हङकङ पठाइएको थियो । बिहीवार राति आएको उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । तर, रिपोर्ट आउँदासम्म बिरामी भने डिस्चार्ज भइसकेका छन् । बिरामी नै अस्पताल बस्न नमानेपछि विशेष निगरानीमा घर पठाइएको चिकित्सकहरूले बताएका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger