Headlines News :
Home » » ग्रामी अवार्डमा लगाएको गाउनका कारण ट्रोल भइन् प्रियंका, यसरी उडाइयो मजाक

ग्रामी अवार्डमा लगाएको गाउनका कारण ट्रोल भइन् प्रियंका, यसरी उडाइयो मजाक

Written By news on Monday, 27 January 2020 | 22:01

ग्रामी अवार्डमा लगाएको गाउनका कारण ट्रोल भइन् प्रियंका, यसरी उडाइयो मजाक
प्रियंका चोपडाले लगाएको पहिरनले उनलाई धेरैजसो चर्चित बनाएकै हुन्छ । तर कहिले उनी सकारात्मक टिप्पणी

प्रियंका चोपडाले लगाएको पहिरनले उनलाई धेरैजसो चर्चित बनाएकै हुन्छ । तर कहिले उनी सकारात्मक टिप्पणी सहित चर्चित हुन्छिन् भने कहिले नकारात्मक टिप्पणीसहित । पछिल्लो पटक उनको पहिरनले नकारात्मक टिप्पणी पाएको छ ।

आइतबार भएको ग्रामी अवार्ड २०२० मा सरिक भएकी प्रियंकाले जे लगाइन् त्यो चर्चाको विषय बनेको छ । उक्त पहिरनले विभिन्न अन्तर्राष्ट्रिय फेशन आइकनलाई प्रियंकाको यो लुक निकै मन पर्‍यो भने कतिले उनलाई यही परिरनका लागि ट्रोल पनि गरिरहेका छन् । प्रियंका श्रीमान् निक जोनससँग उक्त कार्यक्रममा सरिक भएकी थिइन् ।
प्रियंकाले निकसँग ग्रामी २०२० को रेड कार्पेटमा फेशन डिजाइनर राल्फ एन्ड रुसोको डिजाइनर ड्रेसमा इन्ट्रि गरिन् । उक्त सेतो गाउनको हाइलाइट भनेको यसको ‘एक्स्टा लङ्ग नेकलाइन’ । उक्त नेकलाइन उनको नाभीसम्मै पुगेको थियो । यसैका कारण प्रियंकालाई मानिसहरुले ट्रोल गर्न सुरु गरे ।

प्रियंकाले उक्त अवार्ड कार्यक्रममा जानु अघि आफ्ना केही तस्बिर इन्स्टाग्राममा पनि सेयर गरेकी छिन् जसमा उनी त्यही पहिरनमा देखिएकी छिन् । यसमा थुप्रै प्रयोगकर्ताले प्रियंकाको यो पहिरनलाई उनको अहिलेसम्मकै सबैभन्दा भद्दा पहिरन भने । एकजनाले लेखेका छन्, ‘अरे, यस्तो विघ्न क्लिभेज कसले देखाउँछ यार…’ यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तपाईं निकै सुन्दर हुनुहुन्छ तर यो पहिरन तपाईंलाई फिटिक्कै सुहाएन ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘भुइँमा लत्रिएको जुन कपडा छ, त्यसले आफ्नो फ्रक पूरा गर बहिनी…’

तर केही मानिसहरुले प्रियंकालाई ट्रोल गरेकोमा आफ्नो रोष पनि व्यक्त गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘यदि एक पुरुषले आफ्नो शरीर देखाए त्यो ठिक हुन्छ तर महिलाले देखाए भद्दा ? साँच्चै नै… मेरो उमेरका मानिसहरु पागल छन् । उनलाई जे मन लाग्छ, त्यो लगाउन देउ कतिले प्रियंकाको यो लुकलाई जेनिफर लोपेजको लुकसँग दाँजेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger