Headlines News :
Home » » मृतक पाइलट रंजन लिम्बुको शोकाकुल परिवार,पाइलट रञ्जनका बा भन्छन्

मृतक पाइलट रंजन लिम्बुको शोकाकुल परिवार,पाइलट रञ्जनका बा भन्छन्

Written By news on Tuesday, 9 August 2016 | 04:48


दुर्घटनामा ज्यान गुमाएका फिस्टेल एयरका पाइलट रञ्जन लिम्बूका पिता भक्तबहादुर खेबाङ संघीय लिम्बूवान पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य रहेछन्। भूपू गोर्खा सैनिक खेबाङ अहिले झापाको चारआलीमा रहेछन्। दुर्घटनापछि उनले नेपालखबरका लागि नारायण अमृतसँग टेलिफोनमा कुराकानी गरे। जीवनमा यस्तो खबर सुनिएला भन्ने सपनामा चिताएको थिइनँ। तर, खबर हो। दुखद् खबर सुनेको छु। मेरो छोरा पाइलट रञ्जनले काम गर्ने फिस्टेल एयरले मलाई आधिकारिक रुपमा हेलिकोप्टर दुर्घटनाको जानकारी दिएको छैन। उसको अफिसले पुष्टि नगरेसम्म रञ्जन मेरा लागि ज्युँदै छ।

झापाको चारआलीमा रहेको मेरो घरमा केही आफन्तहरु जम्मा भएका छन्। रञ्जनको दुखद् खबरका बारेमा कुराकानी गरिरहेका छन्। उसकी आमा शान्ता कुमारी खेबाङ (लिम्बू) अचेत अवस्थामा छिन्। यो देख्दा बडो नरमाइलो लागिरहेको छ। म एउटा राजनीति गर्ने र समाजसेवालाई केन्द्रमा राख्ने मान्छे हुँ, त्यसैले तपाईसँग मैले यसरी कुराकानी गरिरहेको छु। ब्रिटिस आर्मीमा काम गरेको थिएँ। म र मेरो परिवारका लागि लन्डनमा आवासीय सुविधा छ। तर, हामीले कहिल्यै पनि विदेशमा बस्ने सोच बनाएनौं। ठूलो छोरा राकेश र सानो छोरा रञ्जनलाई मैले जहिले पनि देशभित्रै काम गर्नुपर्छ, यहीँको हावाहुरीसँग लड्नुपर्छ, देशभित्रै मान्छेका सुखदुख्खसँग खेल्नुपर्छ भनेर सिकाएँ। मैले सिकाएको कुरा छोराहरुले मनन गरे। त्यसैले रञ्जनले पनि झापाको लिटल एन्जल्सपछि काठमाडौंको किङस् कलेजमा ए लेभल पढ्यो। त्यसपछि भन्यो, ‘ड्याडी म पाइलट ट्रेनिङका लागि अमेरिका जान्छु।’

त्यतिबेला पनि मैले उसलाई विदेशमा पलायन नहुन सल्लाह दिएँ। त्यतिबेला उसले भनेका शब्द मेरा कानमा गुन्जिरहेका छन्, ‘ड्याडी म विदेशमा भासिन्छु भन्ने कहिल्यै नसोच्नु होला, यस्तो हुनै सक्दैन।’ उसको कुराले मेरो हृदय खुसीले भरिएको थियो। सल्लाह अनुरुप उसले अमेरिकाको ओसिएन इन्स्टिच्युटमा सात महिना फ्लाइट तालिम लियो। आवश्यक घण्टा हेलिकोप्टर आकाशमा उडायो र खुरुक्क नेपाल फर्केर आयो। ऊ २०६५ सालमा फर्केर आउने बित्तिकै कोपाइलटका रुपमा फिस्टेल एयरमा काम सुरु गर्यो। हिजो मात्र उसले दाजु राकेश (जो यहीँ झापामा बस्छ) लाई फोन गरेको रहेछ। घरपरिवारलाई सोधेको रहेछ। अस्ति भने आमासँग कुराकानी गरेको रहेछ। ऊ रमाइलो र जिस्किरहन पर्ने मान्छे हो।
 म राजनीति गर्ने भएकाले म कहिले कता, कहिले कता हुन्छु, त्यसैले मलाई रञ्जनले धेरै फोन गर्दैन। एक महिना अगाडि उसले फोन गरेको थियो, भन्दै थियो, ‘ड्याडी मलाई मेरो करिअरमा अन्तिम पटक हेल्प गर्नुहोस्, मलाई केही पैसा दिनुहोस् म काठमाडौंमा एउटा घर किन्छु। तर, त्यो पैसा ब्याज सहित फिर्ता गर्छु।’ सायद उसले काठमाडौंमा घर किनेपछि बिहेवारी गर्ने पो सोचेको थियो कि। भन्दा चाहिँ, अब दुई–तीन वर्ष बिहे गर्दिन भन्थ्यो। सबैभन्दा ठूलो कुरा, रञ्जन मिहिनेती थियो। इमान्दर थियो। भूकम्प जाँदा उसले रातदिन नभनी पीडितहरुको उद्धार गर्ने काम गर्यो। अस्तिको बाढी–पहिरोमा पनि खटेको कुरा थाहा पाएको थिएँ। जीवनमा उसको ठूलो सपना दिएन। भन्थ्यो, ‘बाआमाको माया पाए पुग्छ।’ उसलाई मैले राजनीति गरेको विरोध नै गर्दै हिँड्ने तहमा नभए पनि त्यति मन परेको थिएन। ऊ भन्थ्यो, ‘खुसी हुनुपर्छ। आफैँले आफैँलाई दुख्ख दिनु हुन्न।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger