Headlines News :
Home » » तपाईहरुको फेसबुकमा यस्ता पाँच साथीहरुले दिन्छन् तपाइलाई मानसिक पीडा तुरुन्त अनफ्रेन्ड गर्नुहोस्

तपाईहरुको फेसबुकमा यस्ता पाँच साथीहरुले दिन्छन् तपाइलाई मानसिक पीडा तुरुन्त अनफ्रेन्ड गर्नुहोस्

Written By news on Tuesday, 9 August 2016 | 04:42


फेसबुक अब मानिसहरुलाई एक आपसमा जोड्ने माध्यम बनिसकेको छ । युवापुस्ता मात्र नभई आजकाल फेसबुकको प्रयोग बालकदेखि वृद्धसम्मले गर्न थालिसकेका छन् । फेसबुकमा हामी धेरैलाई साथी बनाउँछौं । फेसबुकले कतिलाई जोडेको छ भने कतिलाई तोडेको पनि छ । फेसबुकमा बनेका सबै साथीहरु राम्रा नै हुन्छन् भन्ने छैन । तीमध्ये कोहीले तपाईंलाई मानसिक तनाव दिनुका साथै तपाईंको जिन्दगी नै बर्बाद पारिदिन सक्छन् । यहाँ आज हामी तपाईंलाई त्यस्तै साथीहरु बारे जानकारी दिँदैछौं जसलाई तपाईंले फेसबुकबाट हटाउँदा नै राम्रो ।

 १. तपाईंको उपस्थिती चाहने साथीलाई तुरुन्त हटाउनुहोस्ः फेसबुकमा तपाईंको फ्रेन्ड लिष्टमा कोही न कोही यस्तो व्यक्ति हुन्छ जो तपाईंको उपस्थिती चाहन्छ र तपाईंको ध्यान आफूप्रति खिच्न चाहन्छ ।यस्ता मानिसहरु अरुको ध्यान आफूप्रति खिच्नका लागि प्रश्न उब्जाउने किसिमका स्टेटस अपडेट गर्दछन् । यस्ता साथीहरुले तपाईंको समय बर्बाद पार्नुका साथै तपाईंलाई मानसिक तनाव पनि दिने गर्दछ त्यसकारण बुद्धिमानी यो हुनेछ कि तपाईंले यस्ता व्यक्तिलाई आफ्नो सर्कलबाट नै हटाइदिनुहोस् ।

 २. स्कूलको ट्रिक लगाउने मानिसलाई नबनाउनुस् फेसबुक फ्रेन्डः फेसबुकमा तपाईंले धेरैपटक फ्रेन्ड रिक्वेस्ट र मेसेज एकैपटक देख्नुभएको छ होला जसमा लेखिएको हुन्छ, ‘कस्तो छौ तिमी ? हामी एउटै स्कूलमा पढेका थियौं, तिमीलाई याद छ ?’ हामीमध्ये धेरैले सोच्दै नसोची र चिन्दै नचिनेको मानिस हुँदा हुँदै पनि यसको उत्तर ‘हो, मलाई याद छ’ भन्ने दिन्छौं होला । जुन सरासर गलत हो । यदि वास्तवमा नै तपाईंहरु एउटै स्कूलमा पढ्नुभएको हो भने र एकअर्कालाई राम्रोसँग चिन्नुहुन्छ भने मात्र फेसबुकमा साथी बन्नुहोस् । नभए ती व्यक्तिले तपाईंको समय मात्र बर्बाद गर्नेछ ।

 ३. फाल्तु विषयमा तपाईंलाई बिचमा ल्याउने व्यक्तिलाई अनफ्रेन्ड गर्नुहोस्ः फेसबुकमा तपाईंका त्यस्ता साथीहरु पनि हुनसक्छन् जो संसारभरका मुद्दामा आफ्नो स्टेटस अपडेट गर्छन् र तपाईंको प्रतिक्रिया बुझ्छन् जबकी ती फाल्तु मुद्दामा तपाईंको केही लेनादेना हुँदैन । तपाईं पनि आफ्नो पोष्टमार्फत आफ्नो विचार प्रकट गर्ने सोच्नुहुन्छ होला तर यस्ता व्यक्तिका कारणले गर्न सक्नुहुन्न होला । यस्तो अवस्थामा तपाईंलाई जबर्जस्ती कुनै मुद्दामा फसाउन कोसिस गर्ने फेसबुक फ्रेन्डलाई बाईबाई भन्नुहोस् ।

४. आवश्यक भन्दा बढी पोष्ट गर्नेलाई पनि अनफ्रेन्डः तपाईंको फेसबुक फ्रेन्ड लिष्टमा यस्ता साथीहरु पक्कै हुन्छन् जो तपाईंको हरेक क्रियाकलाप आफ्नो फेसबुकमा अपडेट गर्छन् । आउँदा–जाँदा, खाँदा–पिउँदा, बिहान–बेलुका, दिन–रात जतिबेला पनि आफ्नो हरेक कुराबारे पोष्ट गर्दछन् । जबकी उनीहरुको यस्तो कुरामा तपाईंलाई केही मतलब छैन । तपाईंको फेसबुक वालमा उनको लगातार पोष्ट आउनाले तपाईंलाई मानसिक रुपमा आघात बनाउँछ । त्यसकारण यी साथीहरुलाई तुरुन्त अनफ्रेन्ड गर्नुहोस् ।

 ५. छुटिसकेका मानिसहरुलाई तुरुन्त अनफ्रेन्ड गर्नुहोस्ः तपाईंको फेसबुक फ्रेन्ड लिष्टमा यस्ता मानिसहरु पनि हुनसक्छन् जससँग तपाईंका मिठा यादहरु जोडिएका छन् तर वर्तमान समयमा उनीहरुसँग तपाईंको साथ छुटिसकेको छ भने यस्ता साथीलाई पनि तपाईंले फ्रेन्ड लिष्टबाट हटाउँदा नै राम्रो । त्यस्ता व्यक्तिहरु अरु कोहीसँग खुसी भएको देख्नु तपाईंका लागि पीडादायी हुनसक्छ त्यसकारण तनाव लिनुको साटो उहाँहरुलाई फ्रेन्ड लिष्टबाट हटाउँदा बुद्धिमता ठहरिन्छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger