|
|
रासस/साउन २२, उर्लाबारी, मोरङ ।
प्रहरीको गलत सूचनाको कारण मृत्यु भएको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्कनु भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उहाँ घर फर्कनु भएको हो । गत साउन १३ गते बिहीबार बिहान आफ्नै बारीमा रुखको पात काट्ने क्रममा लडेका राई गम्भीर घाइते हुनु भएको थियो ।
रुखबाट लडेका राईको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जारी गरेको थियो । प्रहरीको सूचनालाई आधार मानेर विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । समाचार आएकै दिनदेखि राई परिवारले आपत्ति जनाउँदै आएका थिए ।
|
|
Post a Comment