Headlines News :
Home » » सङ्घीयता जटिल समस्या बन्दैछ : बिजुक्छे

सङ्घीयता जटिल समस्या बन्दैछ : बिजुक्छे

Written By news on Sunday, 7 August 2016 | 00:23


साउन  २३,  भक्तपुर –
 नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयता देशका लागि जटिल समस्या बन्दै आएको बताएका छन् । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले यहाँ आफू र विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका पूर्व तथा वर्तमान नेतृत्वबीच गरेको अन्तक्र्रियामा नेता बिजुक्छे सात दलले सञ्चालन गरेको २०६२÷०६३ को जनआन्दोलनमा सङ्घीयताको मुद्दा नउठेको बताउँदै भने, “जनआन्दोलनको माग सङ्घीयता होइन तर आन्दोलन सफल भएपछि सङ्घीयताको विषय बाहिरबाट जबर्जस्ती ल्याएर लादियो ।”

सङ्घीयताभन्दा पनि सरकारले स्थानीय निकायलाई स्वायत्तता प्रदान गरेर स्थानीय निकायलाई ५० प्रतिशत बजेट दिएको भए देशको छिटो विकास हुन सक्ने उनको धारणा थियो । नेपाल अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक चलखेल गर्ने क्षेत्र बनाउन नहुनेमा जोड दिँदै उनले सङ्घीयताका विषयाम विदेशीले चलखेल तीव्र पारेको आरोप लगाए । कार्यक्रममा नेपाली काँग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र देशका विषयमा विभाजित भइरहने हो भने देश कमजोर हुने बताउँदै विचारमा फरक भए पनि समुन्नत नेपाल बनाउन सबै पार्टी एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।

अनेरास्ववियुका पूर्वअध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जहाँ समस्या छ, त्यहीँ समाधान खोज्नुुपर्ने औँल्याउँदै भने, “सङ्घीयता हाम्रो विषय होइन, अहिले बनाएको राज्य पुनःसंरचनाको खाका उपयुक्त छैन ।” अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले भौगोलिक विभाजन मात्र गरेर सङ्घीयता सम्बोधन नहुने बताए । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य दिलीपकुमार प्रजापति, अनेरास्ववियुका अध्यक्ष नवीना लामा, नेक्राविसङ्घका अध्यक्ष निरज लवजू, अनेरास्ववियु छैटौँका अध्यक्ष कृष्ण अधिकारी र पूर्वअध्यक्ष दुर्गा शर्मा , विद्यार्थी नेता पूर्णबहादुर सिंह लगायतले युवा वर्गमा राजनीतिक वितृष्णा पैदा भएकाले यसलाई गम्भीर रुपमा लिनुपर्ने बेला आएको औँल्याए।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger