Headlines News :
Home » » पाँच पैसाको मुद्दा ४१ वर्षसम्म अदालतमा, अझै भएन फैसला

पाँच पैसाको मुद्दा ४१ वर्षसम्म अदालतमा, अझै भएन फैसला

Written By news on Tuesday, 9 August 2016 | 23:44



बुधबार, साउन २६, २०७३
अहिले अदालतमा पर्ने लेनदेनका मुद्दा पनि करोडौँ रुपैयाँका हुन्छन् । अझ भारत जस्तो धनी देशमा त कुरै नगरौँ । तर भारतको दिल्लीस्थित हाइकोर्टमा भने पाँच पैसाको एउटा मुद्दाको छिनोफानो ४ दशकसम्म पनि हुन सकेको छैन । पाँच पैसाको विवादमा परेको उक्त मुद्दा ४१ व्र्षदेखि अदालतमा विचाराधीन छ र अझै फैसला हुन सकेको छैन ।

घटना अनुसार ४१ व्र्ष पहिले एक गाडीका कन्डक्टरले भुलबस एक महिला यात्रुलाई १५ पैसाको साटो १० पैसाको टिकट दिएछन् । जब टिकट चेक गर्ने मानिसले परीक्षण गर्दा ती कन्डक्टरले पाँच पैसा कम रकमको टिकट दिएर लापरवाही गरेको फेला पर्यो तब उनी ठाउँका ठाउँ बर्खास्त भए ।

५ पैसाको निहुँमा आफुलाई जागिरबाट हटाइएकोमा क्रुद्ध हुँदै ती कन्डक्टरले जागिरमा पुनर्वहाली गर्न माग गर्दै अदालतमा मुद्धा हाले । श्रम अदालत र हाइ कोर्ट दुबैले यसअघि ती श्रमिककै पक्षमा फैसला गरेका थिए तर दिल्ली परिवहन निगमले उच्च अदालतमा पुनर्विचारको लागि याचिका दायर गरेपछि मुद्दा टुंगिन सकेन र अहिलेसम्म पनि चलिरहेको छ ।

ऋब अहिले आएर मुद्दाको अन्तिम फैसला भएर ती कन्डक्टरले जागिरमा पुनर्वहालीको फैसला पाएपनि उनलाई त्यसले कुनै असर पार्नेछैन । किनकी ती श्रमिकले अनिवार्यर् अवकाशको उमेरहद पार गरिसकेका छन् । तर अदालतले आफ्नो पक्षमा फैसला गरिदिएर कम्तीमा पेन्सन पाउने आशा उनमा छ ।

तर निगमले भने ती श्रमिकलाई पेन्सन लगायतका कुनै सुविधा आफुले नदिने बताएको छ । ती श्रमिकले जागिर सुरु गर्दा पेन्सनको प्रवाधान नै नरहेको हुँदा उनलाई पेन्सन दिने कुरै नहुने निगमको भनाई छ । हेरौँ अदालतले के फैसला गर्ला र ती बुढा श्रमिकले न्याय पाउलान् नपालान् ?

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger