Headlines News :
Home » » काठे पुल बनाउन पनि दिएनन् भारतीय सुरक्षाकर्मीले

काठे पुल बनाउन पनि दिएनन् भारतीय सुरक्षाकर्मीले

Written By news on Tuesday, 9 August 2016 | 23:47


कञ्चनपुरः दोधारा चाँदनी नगरपालिका–७, कञ्चनभोजस्थित नालामा अस्थायी काठे पुल बनाउन भारतीय एसएसबीले रोक लगाएको छ ।

एसएसबीले दशगजा क्षेत्रमा पर्ने जनाई पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको नालामा पुल नहुँदा नेपाल भारतका बासिन्दालाई आवतजावत अप्ठेरो परेको छ ।

नेकपा (एमाले) दोधारा चाँदनी नगर कमिटीले स्थानीयवासीको आग्रहमा सोमबार अस्थायी पुल बनाउने कार्य सुरु गरेपछि एसएसबीले रोेक लगाएको हो । कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले एसएसबीले दशगजा क्षेत्रमा पर्ने भन्दै पुल बनाउन नदिएको बताए ।

उनका अनुसार अस्थायी पुल निर्माण रोक्नका लागि १५ जनासम्म एसएसबीका जवान आएका थिए। एसएसबीले पुल बनाउन नदिएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल बेस क्याम्प दोधारा चाँदनीको टोली सुन्दरनगर पुगेको थियो ।

सशस्त्रको टोलीसित पनि एसएसबीले दशगजा क्षेत्र भएको जिकिर गर्दै आफूहरुको निगरानीमा मात्रै पुल बनाउन पर्ने अडान दोहो¥याएको थियो ।

भारतीय पक्षले भीमदत्त नगरपालिका–१० जिमुवामा सीमा क्षेत्र नजिक सडक ग्राभेल र कालोपत्रे गर्न दिएको छैन । दशगजा क्षेत्रमा परेको जनाउँदै सडकमा कालोपत्रे गर्न रोक्ने गरेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger