|
|
गर्लफ्रेण्ड वा श्रीमतीसँग झगडा हुनु सामान्य कुरा नै हो । तर कतिपय झगडाले उग्र रुप लिन पनि सक्छ र तपाईको साथी तपाईको अनुहार समेत नहेर्ने सम्म पुग्छन् । त्यही झगडा कुनै समय सम्बन्धको अत्यको कारण पनि बन्न सक्छ । त्यसैले यदि तपाई ती झगडाहरूलाई सकाउन चाहनुहुन्छ भने तपाईको गर्लफ्रेण्ड वा श्रीमतीलाई खुशी पार्न चाहनुहुन्छ भने अपाउनुस् यी उपायहरू
समस्याको पहिचान – सबैभन्दा पहिलो कुरा तपाईले झगडाको कारण पत्ता लगाउनु उत्तम हुन्छ । समस्या के कारणले गर्दा श्रृजना भयो भन्ने कुरा । यदि तपाई समस्याको जडसम्म पुग्नुभयो भने त्यसको समाधान गर्न सहज हुन्छ ।
हृदयदेखि नै माफी माग्नुहोस् – यदि तपाई झगडाको अत्य चाहनुहुन्छ भने रिस रागलाई भुलेर आफ्नो पार्टनरसँग भित्री हृदयदेखि नै माफी माग्नुहोस् । र उनलाई यो महसुस गराउनुस् की तपाई भित्री हृदयदेखि नै माफी माग्दै हुनुहुन्छ ।
कुराकानी गर्नुहोस् – तपाईले माफी मागिसकेपछि माहोल परीवर्तन गर्नको लागि आफ्नो पार्टनरसँग कुराकानी गर्नुहोस् । झगडा के कारणले गर्दा भएको हो त्यसको बारेमा छलफल गर्नुहोस् । झगडाको कारणमा छलफल गरेमा तपाईको पार्टनरलाई आफूले गरेको गल्तीको महसुस हुनसक्छ ।
एकआपसमा हाँसी मजाक गर्नुहोस् – कुराकानी गर्दै गर्दा बीचबीचमा हाँसी मजाक पनि गर्नुहोस् । जसले गर्दा तपाईको साथीको मुड परीवर्तन होस् ।
किस गर्नुहोस् – कुनै समय तपाईको साथीलाई मायाको अभाव भएको पनि हुनसक्छ । यस्तो बेलामा तपाईले आफ्नो साथीलाई मायाको महसुस हुन्छ र उनको मुड पनि बदलिन्छ । र उसले झगडाका कुराहरु भुल्छन् ।
आफ्नो मनको कुरा भन्नुस् – कुराकानी गर्दै गर्दा तपाई आफ्नो साथीलाई मनको कुराहरू भन्नुस् । तपाईलाई के कुरा मन पर्छ के पर्दैन, तपाई कुन कुराहरूले दुखी हुनुहुन्छ । यदि तपाईले यी सबै कुरा आफ्नो साथीलाई भन्नुहुन्छ भने उनी पनि तपाईप्रति इम्प्रेस हुन्छिन र उनी आफैँ पनि यी कुरा बुझ्न थाल्छिन् ।
|
|
Post a Comment