|
|
एक महिलाले पैदलयात्रीलाई ठक्कर दिएपछि उनले ती व्यक्तिको शव अगाडि मज्जाले नाचेकी छिन् । पुरुषलाई ठक्कर दिनुभन्दा पहिले ती महिलाले आफ्नो कार बेतोडले हुइँकाएको बताइएको छ ।
मिरर डट कमका अनुसार घाइतेको शरिर जब उनको कारको बोनेटमा पछारियो तब उनले ती व्यक्तिलाई सहयोग गर्नुको साटो एक्सिलरेटर दबाएर झन् अगाडि बढिन् ।
ती व्यक्तिसँग ठोक्किएपछि पनि महिलाले आफ्नो कारलाई २ सय मिटर अगाडि बढाइन् । सेतो लुगा लगाएकी महिलाले त्यहाँ उपस्थित सयौं प्रत्यक्षदर्शीलाई अचम्मित पारिदिइन् जब उनी कारबाट निस्किएर शवको अगाडि मज्जाले नाच्न थालिन् ।
नजिकैको पसल र मन्दिरमा गीतको आवाज आइरहेको थियो । गीतमा ताल मिलाउन उनले आफ्नो हात, खुट्टा मज्जाले हल्लाएकी थिइन् भने आफ्नो कम्मर मर्काउन पनि बिर्सिनन् ।
प्रत्यक्षदर्शीले ती महिला नाचेको दृश्य सोसल मिडियामा पोष्ट गरे र त्यतिबेलादेखि नै यो भाइरल भएको छ । पूर्वी चीनको जिनिंग शहरमा यो घटना भएको हो ।
नाम नखुलाइएको ती महिला स्थानीय ज्योतिषी बताइएको छ र उनलाई हत्याको आरोपमा पक्राउ गरिएको छ । सजायँबाट जोगिनका लागि ती महिलाले आफू मानसिक रोगीको नाटक गरेको अनुमान पुलिसले गरेको छ ।
हेर्नुहोस भिडियो
|
|
Post a Comment