Headlines News :
Home » » फेरी भयो हेलिकप्टर दुर्घटना, पाँच शैनिकको घटना सथालमै मृत्यु

फेरी भयो हेलिकप्टर दुर्घटना, पाँच शैनिकको घटना सथालमै मृत्यु

Written By news on Tuesday, 16 August 2016 | 04:38


थाइल्यान्ड – उत्तरी थाइल्यान्डमा एक हेलिकोप्टर दुर्घटनामा थाइ सैनिक कमान्डरसहित पाँच जना सैन्य कर्मचारीको मृत्यु भएको थाइल्यान्डको सेनाले सोमबार पुष्टि गरेको छ । उक्त हेलिकोप्टर आइतबारदेखि खराब मौसमका कारण विमानस्थलबाट सम्पर्क बाहिर गएको थियो ।
यूएच–७२ नामको हेलिकोप्टर थाइल्यान्डको उत्तरी क्षेत्रको पाइ जिल्लाबाट बैंकक फर्किने क्रममा दुर्घटनाग्रस्त भएको थाइल्यान्डको सेनाका प्रवक्ता बुनथाई सवारीले बताए।
थाइल्यान्डको उत्तरपश्चिम इलाकामा हालैको वर्षापछि आएको बाढी तथा डुबानमा परेका नागरिकलाई खाद्यान्न सहयोगका लागि पठाइएको थियो ।

थाई सेनाका मेजर जनरल तथा चौँथो इन्फान्ट्री डिभिजनका कमान्डर नुपन रौनचन दुई सैनिक विमान चालक तथा दुई जना प्राविधिकको उक्त घटनामा मृत्यु भएको बताइएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger