Headlines News :
Home » » मध्यरातमा प्रेमिका भेट्न पुगेका विकासको रहस्यमय मृत्यु

मध्यरातमा प्रेमिका भेट्न पुगेका विकासको रहस्यमय मृत्यु

Written By news on Thursday, 11 August 2016 | 04:32


‘भोगाई सबैका अमूल्य हुन्छन् । कसैले लेख्छन्- ‘कथा’ हुन्छ । कसैले लेख्दैनन्– ‘व्यथा’ हुन्छ !’

हाम्रो देश डट कम – सिन्धुलीको दुम्जा–५ स्थायी घर भएका विकास कोइरालाले साउन २५ गते आफ्नो फेसवुकमा यस्तो स्ट्याटस लेखेका थिए । भोलिपल्ट अर्थात ०७३ साउन २६ गते विहान उनी आफ्नी प्रेमिका सीमा चेम्जोङ सुब्बाको कोठामा मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको मध्य बानेश्वरको भेनस हस्पिटल नजिकै रहेको सीमाको कोठामा पासो लागेको भनिएको सल काटिएको अवस्थामा विकासको शव प्रहरीले फेला पारेको थियो । बुधवार बिहान साढे १० बजे विकासले झुण्डिएर आत्महत्या गरेको खबर पाएसँगै सीमाको कोठामा प्रहरी पुगेको थियो ।

‘हामीले सल काटीसकेको अवस्थामा विकासलाई फेला पारेका थियौं, हाम्रो टोली पुग्दा उनको मृत्यु भैसकेको थियो’ महानगरीय प्रहरी वृत बानेश्वरका ईन्स्पेक्टर अभय जोशीले भने, ‘हत्या या आत्महत्या छुट्याउन पोष्टमार्टमको रिपोर्ट नआई भन्न सकिँदैन ।’

सिन्धुलीको दुम्जा–५ रुपटारका कोईराला ललितपुरको जावलाखेलमा रहेको टुलिप रेष्टुरेण्टमा काम गर्थे । कालोपुलमा भाईसँग बस्दै आएका उनी सीमाले बोलाएपछि मंगलबार राती ११ बजेतिर सीमाको कोठामा पुगेका थिए । कोठामा सीमा सहित उनका अरु दुई जना बहिनीहरु सँगै बस्थे । सामान्य विवाद भएपछि कालोपुल जान्छु भन्दै उनी निस्केका थिए ।

विहान सीमाको एउटी बहिनी कलेज जान लाग्दा विकास ढोका बहिरै भेटिएको सीमाले प्रहरीलाई बताएकी छिन् । त्यसपछि फेरि कोठामा पसेका विकासले सीमालाई ‘तिमीले खोजेको कुरा आज पाउँदै छौं’ भनेका थिए । सीमा र उनको अर्की बहिनी नित्यकर्म सक्नतिर लाग्दा विकास फ्यानको हुकमा सल बाँधेर झुण्डिएको देखेपछि आफूले कैंचीले सल काटिदिएको सीमाको भनाई उदृत गर्दै परिवारले जनाएका छन् ।

विहान विकास झुण्डिएको कुरा सिमा र उनका बहिनीले करिब १० बजेतिर मात्रै प्रहरीलाई खबर गरेका थिए । यसरी आफैंले सल काटेर पहिले प्रहरीलाई खबर गरेको हुनाले विकासको मृत्यु शंकास्पद हुनसक्ने परिवारले दावी गरेका छन् । यता सीमा र उनका बहिनीहरुलाई पक्राउ गरेर अनुसन्धान थाल्न प्रहरीले आनाकानी गरिरहेको आफन्तले आरोप लगाएका छन् ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger