|
|
हाम्रो देश डट कम २७ साउन, रौतहट । रौतहटमा १३ वर्षीया एक किशोरीलाई रातभरि बन्धक बनाएर एक युवकले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । रौतहटको पचरुखी गाविसमा खेतमा घाँस काट्न गएकी किशोरीलाई गाउँकै १८ वर्षीय एक युवकले हात खुट्टा बाँधेर रातभर बलात्कार गरेका हुन्।
मंगलबार घाँस काट्न गाउँभन्दा पश्चिम राजपुरतुल्सीतिर गएका बेला छतौना टोलका राजेश महराले कोही नभएको मौका छोपेर जबरजस्ती बलात्कारगरेको पीडितले बताइन् ।
घाँस काट्न गएकी छोरी मंगलबार राति अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन र आफन्तले खोजतलास शुरु गरेका थिए । बुधवार दिउँसो २ बजे साँझ खोला नजिकको धान खेतमा हात-खुट्टा बाँधिएको र अचेत अवस्थामा किशोरी फेला परेकी थिइन् । उनलाई परिवारका सदस्यहरुले घरमा ल्याएपछि उनको होस खुलेको थियो ।
राजेश महराले हात-खुट्टा बाँधेर रातभर बलात्कार गरेको र बिहान उज्यालो भएपछि बाँधेकै अवस्थामा छाडेर फरार भएको किशोरीले आफ्नी आमालाई बताएकी छन् । छोरीले बेलिबिस्तार लगाएपछि घटनाबारे थाहा भयो,’ उनकी आमाले भनिन् ।
पीडितको ठाडो उजुरीका आधारमा प्रहरीले युवकको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविनकृष्ण भण्डारीले बताए । बलात्कृत बालिकाको जिल्ला अस्पतालमा गौरमा स्वास्थ्य परिक्षण गराउने र घटनाको गहन अनुसन्धान गरिने डिएसपी भण्डारीले बताए ।
|
|
Post a Comment