Headlines News :
Home » » आफ्नै छोराको प्रेममा आमा, भन्छिन् ‘एक अर्काको प्रेममा पागल छौं’

आफ्नै छोराको प्रेममा आमा, भन्छिन् ‘एक अर्काको प्रेममा पागल छौं’

Written By news on Thursday, 11 August 2016 | 03:56

बिहिबार, साउन २७, २०७३

न्यू मेक्सिको । न्यू मेक्सिकोमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । ३६ वर्षीया आमा आफ्नै १९ वर्षे छोरासँग प्रेम सम्बन्धमा भएको खबर खुल्न आएको छ । सँगै बस्नका लागि आफूहरु कुनै पनि जोखिम मोल्न तयार भएको यो जोडीको भनाई छ ।

 

मोनिका मेर्स, ३६, उनका छोरा क्यालेब पिटरसन, १९, लाई मन पराएका कारण उनलाई १९ महिनेको जेल सजायँ तोकिएको छ ।
तर यी आमा र छोराको जोडीले आफूले शारिरिक सम्बन्ध राख्न पाउनुपर्ने अधिकारका लागि लड्ने बाचा बाँधेका छन् । उनीहरुले यसका लागि मानिसहरुबाट चन्दा उठाउने जमर्को गरिरहेका छन् ।
डेली मेलसँगको अन्तर्वार्तामा उनीहरुले आफूहरु सँगै बस्नका लागि कुनै पनि जोखिम मोल्न तयार भएको बताए । उनीहरुले मानिसहरुमाझ ‘जेनेटिक सेक्सुअल अट्र्याक्सन (जिएसए)’ बारे चेतना दिन मानिसहरु माझ जाने समेत बताए ।
जिएसए एउटा यस्तो स्थिती हो जसका कारण मानिस नजिकको नाता, आमा बुवा र बालबच्चा, फुपू र मामाको छोराहरुसँग आकर्षित हुने गर्दछ । यसका लागि उनीहरुको भेट एक परिवारको सदस्यको रुपमा नभई, वयस्कको रुपमा हुन्छ ।


मेर्स भन्छिन्, ‘ऊ मेरो जीवनको प्रेम हो र म उनलाई गुमाउन चाहन्न । मेरा बच्चाहरुले उनलाई मन पराउँछन्, मेरो पूरै परिवार हाम्रो साथमा छ । हाम्रो बिचमा केही पनि आउन सक्दैन, न अदालत, न जेल ।’

‘म ऊ सँगै हुनुपर्छ । जब म जेलबाट बाहिर निस्कनेछु म क्लोभिस राज्यमा बसाईं सर्नेछु जहाँ हामी निर्धक्क साथ सँगै बस्न सक्छौं ।’



हाडनाता करणी मेक्सीकोको ५० राज्यमा अपराधको रुपमा लिइन्छ तर यसका लागि भिन्न भिन्न कानून र नियम बनाइएको छ ।
सन्तानकी आमा मेर्सले यदि उनले आफ्ना प्रेमीलाई छाने आफ्ना अरु सन्तानलाई भेट्न नपाउने भनिएतापनि उनी यसो गर्न तयार रहेको बताइन् ।



क्लोभिस र न्यू मेक्सिकोमा छुट्टा छुट्टै बस्दै आएका यो जोडीलाई एक अर्कासँग भेट्न र कुनै पनि संवाद गर्न अदालतले रोकेको छ । उनीहरु भेट गत वर्षको अन्त्यतिर भएको थियो ।

मेर्सले १६ वर्षको हुँदा पिटरसनलाई जन्म दिएकी थिइन् । उनलाई एक जोडीले धर्मपुत्रको रुपमा राखेका थिए । धर्मपुत्र हुनुपूर्व उनको नाम कार्लोस थियो ।
पिटरसनलाई नहुर्काएकी मेर्सले उनी १८ वर्षको हुँदा क्रिसमसका बेला पहिलो पटक भेटेकी थिइन् । फेसबुकमा कुराकानी भएपछि उनले पिटरसनलाई उनको धर्मपिताको घरबाट आफ्नो घरमा ल्याएकी थिइन् ।

यो जोडीमा तत्काल रोमान्टिक भावना पैदा भयो जसका कारण भेटेको केही हप्ता पछि नै उनीहरुको शारिरिक सम्बन्ध भयो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger