Headlines News :
Home » » विराटबारे सोध्दा कीन रिसाइन् अनुस्का

विराटबारे सोध्दा कीन रिसाइन् अनुस्का

Written By news on Thursday, 11 August 2016 | 03:46

बिहिबार, साउन २७, २०७३


मुम्बई – वलिउड नायिका अनुस्का शर्मा र भारतीय टेस्ट क्रिकेटका कप्तान विराट कोहली पुनः प्रेम सम्बन्धमा रहेको चर्चा चलिरहेको छ । यसै विषयमा एक अन्तर्वार्तामा अनुस्कालाई विराट र उनको सम्बन्धबारे प्रश्न गर्दा रिसाएकी छिन् ।

शुरुमा त उनले प्रश्नको उत्तर नदिन कुरा अर्के तर्फ मोड्न खोजेकी थिइन् । तर, उनलाई दोहोराएर सोही कुरा सोधिएपछि निकै क्रुद्ध बनिन् ।

उनले भनिन्, ‘मैले धेरै चोटी भनिसकेको छु, म मेरो सम्बन्धको बारेमा ‘ओपन’ छु । म यसलाई म्याचुअर तरिकाले लैजान चाहन्छु । हाम्रोबारेमा मानिसहरुले सँधै कुरा गर्छन्, कहाँ भेट्यो, कसरी भेट्यो । अरे भाई, यदी तपाईं कसैसँग डेट गर्दै हुनुहुन्छ भने पक्कै पनि भेट्नुहुन्छ नि, होइन ? कैसेले कसैलाई भेट्दैमा यत्रो ठूलो समाचार बनाइन्छ । मैले हालै चलचित्र हालियामा राम्रो अभिनय गरेँ । तर, हेडलाइन भने मेरो व्यक्तिगत जीवनको बारेमा बन्यो ।’

हलिउड नायिकाहरुको उदाहरण दिँदै उनले भनिन्, ‘हलिउडमा पनि नायिकाहरुलाई व्यक्तिगत जीवनको बारेमा प्रश्न सोधिन्छ । तर, यो कुनै अन्तर्वार्ताको एक हिस्सामा सिमिति हुन्छ । तर, यहाँ म जहाँ पनि जान्छु मेरो व्यक्तिगत जीवनको बारेमा मात्र सोधिन्छ । मसँग अन्तर्वार्तामा मेरो करियरको बारेमा सोधिनुपर्छ । तर, यहाँ बकवास प्रश्नहरुमात्र सोधिन्छ । सबै व्यक्तिगत जीवनबारे मात्र ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger