Headlines News :
Home » » कर्णालीमा फोर्स ल्याण्डिङ्ग गरिएको मकालु एयरको विमान चार दिन बितिसक्दा पनि भेटिएन

कर्णालीमा फोर्स ल्याण्डिङ्ग गरिएको मकालु एयरको विमान चार दिन बितिसक्दा पनि भेटिएन

Written By news on Sunday, 7 August 2016 | 23:16


: २०७३ श्रावण २४ सोमबार
काठमाडौँ, २४ साउन । अचानक इन्जिन बन्दभएपछि कर्णाली नदीमा फोर्स ल्याण्डिङ्ग गरिएको मकालु एयरको विमान चार दिन बितिसक्दा पनि भेटिएको छैन्।

काठमाडौंमा रहेको मकालुको मुख्यालयले हुम्लास्थित कर्णाली नदी आसापासमा चार दिनदेखी जहाजको खोजी भइरहेको तर फेला नपरेको जनाएको छ। यस कम्पनीका महाप्रवन्धक बालकृष्ण श्रेष्ठका अनुसार, हुम्लामा सेना, प्रहरी र स्थानियको सहयोगमा जहाजको खोजी भइरहेको छ ।

’घटना भएकै ठाउमा जहाज छैन । नदीले बगाइसकेको छ । धमिलोपानीमा केही देखिदैन, कठिनाई भइरहेको छ,’ महाप्रवन्धक श्रेष्ठले भने । उनका अनुसार, नदीमा खोजी जारी नै छ। मकालुले एउटा इन्जिनको सानो ढक्कन र क्याप्टेन साङगे लामाको फलाइट ब्यागमात्रै घटना भएको स्थानदेखि केही मिटर तल फेला परेको बताएको छ ।

श्रेष्ठले आइतबार साँझसम्म यी दुई बस्तुबाहेक अरु केही नभेटिएको कान्तिपुरसँग बताए । जहाजको खोजी कार्यका लागि एउटा हेलिकप्टर पनि त्यस क्षेत्रमा परिचालन गरिएको छ । यसअघि गत बुधबार नागरिक उड्डयन प्राधिकरणको टोली पनि हुम्ला पुगेको थियो ।

हेलिकप्टरमा गएको उक्त टोलीले पनि जहाजको खोजी गरेको थियो। सुर्खेतबाट कार्गो बोकेर हुम्ला गएको यो विमान बिहीबार दिउसो पौने चार बजे रित्तै फर्किर्दै थियो । करिब ११ हजार ५ सय फिटको उचाईमा उडिरहेकाबेला एकल इन्जिन मात्रै भएको विमानमा समस्या देखियो।

सिमीकोट विमानस्थलबाट करिब १६ किलोमिटर दक्षिणमा पुगेकाबेला इन्जिननै एक्कासी बन्द भएपछि चालकदलले जहाज ग्लाइड गरेर पखेटाको सहारामा कर्णाली नदीमा फोर्स ल्याण्डिङ्ग गराएका थिए । जहाजलाई पाइलटले पानीको अतिप्रवाह भएको ठाउमा फोर्स ल्याण्ड गर्दै उफ्रिएर ज्यान जोगाएका थिए,कान्तिपुर दैनिकमा समाचार छ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger