Headlines News :
Home » » नेविसँघको अधिवेशनमा काँग्रेस नेताहरू वीच आरोपप्रत्यारोप, आफ्नो प्यानेललाइ जिताउन गरे यस्तो घटिका काम... हेर्नुहोस>>>

नेविसँघको अधिवेशनमा काँग्रेस नेताहरू वीच आरोपप्रत्यारोप, आफ्नो प्यानेललाइ जिताउन गरे यस्तो घटिका काम... हेर्नुहोस>>>

Written By news on Sunday, 7 August 2016 | 23:07


काठमाडौं–कांग्रेसको भातृ संस्था नेविसंघमा आफू अनुकुल नेतृत्व ल्याउनकै लागि पार्टीका शीर्षस्थ नेताहरुबीच नै आरोपरप्रत्यारोप सुरु भएको छ ।

महाधिवेशनमा भाग लिने प्रतिनिहिरुको बिषयलाई लिएर पार्टीको संस्थापन पक्ष, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच यस्तो आरोप प्रत्यारोप भएको हो ।

भृकुटीमण्डपमा आइतबार सुरु भएको संघको एघारौं महाधिवेशनमको उद्घाटन समारोहमै शीर्षस्थ नेताहरुबीच नै आरोप प्रत्यारोप चलेपछि सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र सुरु हुनेमै आशंका उब्जिएको छ।

महाधिवेशनबाट ६४ जिल्लाको प्रतिनिधि छनोट भएपनि ११ जिल्लामा भागबण्डामा आधारमा मिलाउने प्रयास भएको छ । बन्द सत्रको अघिल्लो दिनसम्म पनि प्रतिनिधि विवाद मिल्न सकेको छैन ।

सिटौला पक्षले भने ६४ जिल्ला मध्ये अधिकांशमानै संस्थापन र पौडेल पक्षबीच भागबण्डाका आधारमा प्रतिनिधि बाँडिएको भन्दै त्यसलाई सच्याउन माग गरेको छ । सिटौला पक्षीय विद्यार्थी समूह यहि बिषयलाई लिएर आमरण अनसनमा छन् ।

महाधिवशेनको उद्घाटन कार्यक्रम सुचारु हुँदा समेत नेतृत्वले आमरण अनशनमा बसेका विद्यार्थीको आवाजलाई नसुनेको आरोप सिटौला पक्षको छ । साता अघिदेखि आमरण अनशनमा रहेका विद्यार्थीको अवस्था गम्भीर भएपछि शनिवार बिहानदेखि उनीहरुलार्इ अस्पताल भर्ना गरिएको छ ।

पौडेल पक्षले ६४ जिल्लामा विधिसम्मत् रुपमा अधिवेशन सम्पन्न भएको र त्यसलाई ‘उधिनेर’ प्रतिनिधि परिवर्तन गर्न खोजिएको भन्दै आक्रोशित भएको छ । ११ जिल्लामा अधिवेशन नगरेर आफू अनुकल प्रतिनिधि छनोट गर्न थालिएको आशंका समेत गरेका छन् ।

पार्टीका शीर्षस्थ नेताहरुबीचनै यस्तो आरोपरप्रत्यारोप चलेपछि बन्द सत्र हुने र निर्वाचनबाटै नेतृत्व छनोट हुनेमा आशंका उव्जेको छ । नेविसंघमा अहिले सम्म बनेका १७ अध्यक्षमा १० वटा मात्रै निर्वाचनबाट चुनिएका छन् ।

यसपटक पनि पार्टी नेतृत्वको हस्तक्षेपबाटै निर्वाचन हुन नसक्ने आशंका उद्घाटन सत्रमा अधिकांश नेताहरुले उठाएपछि कांग्रेस सभापति शेरवहादुर देउवाले आफूले कुनै हस्तक्षेप नगर्ने प्रष्टीकरण दिएका छन् । देउवाले चुनाव गराएरै महाधिवशेन सफल पार्न आह्वान समेत गरे।

‘गिभ एण्ड टेकको आधारमा विवादहरु मिलाउने काम गरौं र महाधिवशेन सफल पारौं’ देउवाले भने, ‘महाधिवेशनमा मेरो कुनै हस्तक्षेप हुने छैन । मैले मन नपराएकोले चुनाव जितेपनि मेरै सभापति हुन्छ र उसलाई पहिल्यै म फुलको माला लगाएर स्वागत गर्नेछु । जसले नेविसंघलाई मिलाएर अघि बढ्न सक्छ, त्यहिँ नेता हुन्छ ।’ आजको कान्तिपुरमा समाचार छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger