Headlines News :
Home » » डरलाग्दो तथ्यांक, नेपालका २२ हजार कर्मचारी भारतको गुप्तचर !

डरलाग्दो तथ्यांक, नेपालका २२ हजार कर्मचारी भारतको गुप्तचर !

Written By news on Monday, 8 August 2016 | 03:23


भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतमाथि गम्भीर आरोप लगाएका छन् । उनले नेपालका २२ हजार कर्मचारीलाई भारतले तलव खुवाएर गुप्तचरको रुपमा प्रयोग गरेको बताएका हुन् ।
रफत् सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष विजुक्छेले नेपाल र भारतको तलव खाने २२ हजार कर्मचारीको पहिचान गरि कारबाही नगरेसम्म कुनै पनि सरकारले काम गर्न नसक्ने तर्क गरे । नयाँ पत्रिका दैनिकमा खबर छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएर ठिक गरेको उनको धारणा छ ।


सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरे पनि स्थानीय निकायको निर्वाचन हुन नदिन ठूला राजनीतिक दललाई भारतले उपयोग गरेको पनि विछुक्छेले आरोप लगाए । भारतले नचाहेसम्म स्थानीय निकायको निर्वाचन सम्भव नरहेको उनको भनाई छ । अध्यक्ष बिजुक्छेले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सोकेशमा राखेको आकर्षक मिठाईको संज्ञा दिएका छन् । ‘नीति तथा कार्यक्रममा लागू हुन सके धेरै राम्रो हुन्छ’, उनले भने, ‘नसके सोकेशकै मिठाई जस्तै हुने हो ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger