|
|
काठमाडौँ,
शरिरका विभिन्न अंगमध्ये हत्केला पनि एक विशेष हो । हरेक काम गर्दा फेरि हत्केलाको सहायता चाहिन्छ । कहिलेकाही हत्केला चिलायो भने मानिसहरु त्यसलाई परम्परागत मान्यतासँग जोड्छन् ।
हत्केला चिलायो कि कसैको पैसा आउने र कसैको जाने हुन्छ भनेर मानिसहरु भन्ने गरेको हामी सुन्दछौँ । तर, हत्केला चिलाउनु पैसासँग कुनै पनि तरिकाले सम्बन्ध नहुने चिकित्सकहरु बताउछन् । हत्केला चिलाउनु रोग नै भने होइन । रोग नभएपनि विभिन्न तत्वहको परिणाम हो तथा रोग लाग्न सक्ने संकेत हो ।
किन चिलाउछ त हत्केला हामी त्यसको यहाँ चर्चा गर्दछौँ ।
कोषहरु बृद्धि
छालाको कोषहरु तीब्र बृद्धि भएमा पनि हत्केला चिलाउने गर्दछ । कोेषहरु छालाको सतहमा जम्मा भएपछि यस्तो हुन्छ। छालालाई मानिसले आफैँ कन्याउँदा पनि यस्तो समस्या आउँछ ।
झिंगाको संक्रममण
झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ । बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ । विशेष गरी बालबालिकामा छालाको एलर्जी हुने गर्दछ । हत्केला धेरै नै चिलायो भने मधुमेह हो कि भनेर चेकअप गर्नु पर्दछ । हत्केला चिलाउनु मधुमेहको संकेत पनि हो ।
लिभरसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ । कलेजोमा गम्भीर समस्या नआउँदै हत्केला र खुट्टाको पैतला चिलाउँछ । रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न हुँदा हात हत्केला चिलाउँछ ।
खानेकुराको एलर्जी
खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसैकसैलाई कुनै खानाले एलर्जी ग¥योभने त्यसको असर हत्केलामा पनि देखिन्छ । मानिसलाई फरकफरक खानेकुराले एलर्जी गर्ने गरेको हुन्छ । केही मानिसलाई अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि एलर्जी गराउछ ।
नाडी तथा हातमा हुने पिडा
नाडी तथा हातमा कुनै चोटपटक लाग्यो भने हात र औँलामा पीडा हुन्छ । जसले गर्दा हत्केला पनि चिलाउने गर्दछ । धेरै लेख्दा, टाइप गर्दा तथा हात र औँलाको बढी प्रयोग गर्दा पनि हत्केला चिलाउने गर्दछ ।
छालामा समस्या
मानिस कसैको छालामा नै समस्या छ भने पनि हत्केला चिलाउने गर्दछ । छालासम्बन्धि लाग्ने विभिन्न रोगहरुको कारण पनि हातको हत्केला चिलाउछ ।
बच्ने उपाय
हातको राम्रो सरसफाई गर्नुपर्दछ । हातमा विभिन्न किसिमका लोसन र क्रिम लगाएर हातलाई चिल्लो पार्दा हत्केला चिलाउने समस्या हट्छ । छालालाई कहिल्यै सुख्या राख्नु हुँदैन । हात वा हत्केला चिलायो भने पनि बेस्सरी रगेडेर कन्याउनु हुँदैन । हत्केला धेरै नै चिलायो भने चिकित्सकलाई नै देखाउनु पर्ने हुन्छ ।
|
|
Post a Comment