Headlines News :
Home » » इटहरीकाे पशुपति गेष्ट हाउस अघि श्रेष्ठकाे शव फेला : हत्या या अात्महत्या अनुशन्धान जारी : प्रहरी...

इटहरीकाे पशुपति गेष्ट हाउस अघि श्रेष्ठकाे शव फेला : हत्या या अात्महत्या अनुशन्धान जारी : प्रहरी...

Written By news on Wednesday, 3 August 2016 | 04:50


इटहरी /
 सुनसरीकाे इटहरीस्थित पशुपति गेष्ट हाउसकाे प्राङगणमा बुधबार बिहान एक ब्याक्तीकाे शव बरामद भएपछि हत्या या अात्महत्या बारे प्रहरीले अनुशन्धान अघि बढाएकाे छ । उक्त गेष्ट हाउसकाे प्राङगणबाट काठमाण्डाै निवासी ४० बर्षीय सुरन श्रेष्ठकाे शव बरामद गरी अनुशन्धान अघी बढाएकाे हाे ।

श्रेष्ठ मंगलबार बिहान काठमाण्डाैबाट साे गेष्ट हाउसमा अाएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । उनकाे मृत्युकाे बिषयलार्इ लिएर गेस्ट हाउसमा रहेका केहिलार्इ नियन्त्रणमा लिर्इ साेधपुछ अघि बढाइएकाे प्रहरीले जनाएकाे छ ।  प्रहरीका अनुसार मंगलबार मध्य राती गस्तीकाे क्रममा गेष्ट हाउसअघी ४० बर्षिय श्रेष्ठकाे शव बरामद गरेकाे  घटना सम्बन्धी अनुशन्धान अघि बढाइएकाे बताएकाे छ । अनुसन्धान जारी रहेकाे कारण श्रेष्ठकाे हत्या या अात्महत्या केहि भन्न नमिल्ने प्रहरीले जनाएकाे छ ।

यता पशुपति गेष्ट हाउसका मेनेजर सुरेन्द्र घिमिरेका अनुसार मंगलबार बिहान काठमाण्डाैबाट श्रेष्ठ गेष्ठ हाउसमा अाएकाे र तेश्राे तल्लाकाे काेठा बुकिङ गरेर बसेकाे तर उनकाे साथमा अरू काेही नअाएकाे बताएका छन ।   मंगलबा राती मदिरा सेवन गरी श्रेष्ठ सुतेकाे र प्रहरीले मध्यरातमा बाेलाएर जानकारी गराउदा मात्र अाफुले उनकाे मृत्युबारे जानकारी पाएकाे बताए । उनका अनुसार मृतक श्रेष्ठले नसाकाे सुरमा गेस्टहाउसकाे तेश्राे तल्लाबाट हाम फालेर अात्महत्या गरेकाे हुन सक्ने बताए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger