Headlines News :
Home » » हर्नुहोस आजको राशिफल वि.सं. २०७३ साल साउन २३ गते। आइतबार। इश्वी सन् २०१६ अगस्ट ७ तारिख।

हर्नुहोस आजको राशिफल वि.सं. २०७३ साल साउन २३ गते। आइतबार। इश्वी सन् २०१६ अगस्ट ७ तारिख।

Written By news on Saturday, 6 August 2016 | 21:44


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
हिम्मतले काम बनाउन सकिनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। उपलब्धिले थप उत्साह जगाउनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउन सक्छन्।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आफ्नो मेहनतबाट अवसरवादीहरूले फाइदा उठाउने कोसिस गर्नेछन्। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। यथासमयमा बुद्धिको उपयोग गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। अस्वस्थताले सताउनेछ भने समयमा काम पूरा गर्न नसकिएला। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। चिताएको उपलब्धि प्राप्त हुनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। प्रतिद्वन्द्वीहरू पछि पर्नेछन् भने बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सहयोगीहरूले काममा साथ दिनेछन्। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर प्राप्त हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ। अवरूद्ध काम सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आफ्ना कामको धेरैले तारिफ गर्नेछन् र उत्साह जाग्नेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। कमजोरी लुकाउँदा पछि परिनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सुखद् समाचारले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा मनग्य फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग छ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषिमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। केही अवसर गुम्न सक्छन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक काममा जुट्नेहरूलाई फाइदै हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
तत्काल फाइदा उठाउन मुस्किलै पर्ने देखिन्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ला। काम बिग्रने भयले सताउनेछ भने श्रमको उचित मूल्य नपाइएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। मनग्य धनलाभ हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger