|
|
सल्यान बामेमा दुम्सी मार्न गएका दुईजनाको ज्यान गएको छ । वामे गाविस वडा न ९ पाट्केका २२ वर्षिया भद्रबहादुर बुढा र ३८ वर्षिया सेतिराम बुढाको ज्यान गएको हो ।
दु्म्सी मार्न भनेर दु्म्सीको दुलोमा आगो लगाई दुलोे भित्र पसेका दुवै जनाको श्वासप्रश्वास लिन नसके पछि दुलो भित्र नै ज्यान गएको हो । हिजो बिहान दुलोमा आगो लगाएका उनीहरुले साँझतिर दुम्सी म¥यो होला भनी दुलो भित्र पसेका उनीहरु आगोको धुँवाले निसासिएर ज्यान गएको स्थानीय धनीराम चलाउनेले जानकारी दिए । बिहानै कोठाबाट निस्किएका उनीहरु साँझसम्म पनि कोठामा नफर्किएपछि खोजी गर्दा बामे ३ खन्याचौर जंगलमा उनीले राखेको सामान दुलो बाहिर देखेपछि भित्र हेर्दा मृत्त भेटिएको उनले जानकारी दिए । दुम्सीको दुलो निकै भित्रसम्म भएकाले श्वास प्रश्वासका कारण ज्यान गएको बताइएको छ । गणपति रोजिन एण्ड टरपाईन प्रालिमा कार्यरत मजदुर उनीहरु सल्लाको खोटो निकाल्न जंगल गएका थिए । वामे ३ मा डेरा गरी बस्ने उनीहरु बिहान खोटो निकाल्न जंगल गएका थिए ।
|
|
Post a Comment