Headlines News :
Home » » साउदी अरबमा मृत्यु भएका हर्षबहादुरको लाश महिनौं भइसक्दा पनि नेपाल आएन, बाबु वीरबहादुरको चिन्ता यस्तो... हेर्नुहोस>>>

साउदी अरबमा मृत्यु भएका हर्षबहादुरको लाश महिनौं भइसक्दा पनि नेपाल आएन, बाबु वीरबहादुरको चिन्ता यस्तो... हेर्नुहोस>>>

Written By news on Wednesday, 3 August 2016 | 23:14



काठमाडौं । करिब पाँच वर्षअघि साउदी अरबमा मृत्यु भएका हर्षबहादुर खत्रीको पहिचान खुलेको महिनौं भइसक्दा पनि नेपाल झिकाउन सकिएको छैन।

मृत्यु भएको खबर पुष्टि भएपनि शब भेट्टाउन नसकिएपछि तीन वर्षअघि मृतकका बाबु वीरबहादुरले कुशको बव बनाएर छोराको किरिया गरे।
किरियाको वर्षौपछि साउदी अरबको रियादस्थित दूतावासले गत वैशाखमा खत्रीको परिवारलाई खबर पठायो,’तपाईको छोराको शब फेला पर्यो।’ तर यस्तो सूचना पाएको तीन महिना बितिसक्दा पनि शव नेपाल ल्याइएको छैन। शब ल्याउने पहल गर्न गत जेठमा वीरबहादुर बाँके गाउँ सीतापुरबाट काठमाडौं आएका थिए।

त्यतिबेला परराष्ट्र मन्त्रालयदेखि कन्सुलर शाखासम्म र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृहमन्त्रालयसम्म धाएको गुनासो पोख्दै वीरबहादुरले भने,’छिट्टै हुन्छ भनेका थिए, केही खबर पाएका छैनौं।’

छोराको शब आउने आसमा बसेकी वीरबहादुरकी पत्नीको रातोदिनको रुवाई रोकिएको छैन। वीरबहादुरले भने,’छोराको अनुहार मात्रै देख्न पाए हुन्थ्यो भन्ने उसको इच्छा छ।

साउदी प्रहरीका अनुसार बव अलहास्थित सरकारी अस्पतालमा राखिएको छ। आजको कान्तिपुर दैनिकमा समाचार छ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger