|
|
साउन २७,पोखरा –
पोखराको फेवातालमा डुबेका दुई युवाको शब भेटिएको छ । सोमवार डुंगा दुर्घटनामा डुबेका दुई जनाको शब विहिवार विहान फेला परेको हो । काठमाडौं चक्रपथका १८ बर्षीय प्रतिक श्रेष्ठ र बसुन्धराका २३ बर्षीय एलिन केसीको शब पानीको तैरिरहेको अबस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । डुंगा दुर्घटनापछि लगातार खोजीमा डुबेको प्रहरी टोलीले मंगलवार विहान ६ बजे घटनास्थलदेखि झण्डै ३ सय मिटर वर केसीको शब भेटेको थियो । श्रेष्ठको शब घटनास्थलमै पानीमा तैरिरहेको अबस्थामा विहान ७ बजे भेटिएको हो । सोमवार तालपारीको लेक हाउस होटलमा खाना खाएर फर्किदै गरेका ८ जना सवार डुंगा दुर्घटना हुदा ६ जनालाई जिवितै उद्धार गरिएको थियो । दुई जनाको मृत्यु भएको हो ।
डुंगामा क्षमता भन्दा बढी यात्रु चढाएको साथै सुरक्षाको लागि लाईफ ज्याकेट समेत नलगाएकाले मानविय क्षती भएको हो । दुबै युवाको शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाईने कास्की प्रहरीले जनाएको छ । श्रेष्ठ जापानबाट एक महिनाको छुट्टीमा नेपाल आएका थिए भने केसी पनि अष्ट्रेलियाबाट एक महिनाको लागि नेपाल आएका थिए । साथीहरुसँगै आईतवार पोखरा घुम्न आएका उनीहरु सोमवार अपरान्ह् तालमा डुबेका हुन् ।
|
|
Post a Comment