Headlines News :
Home » » फेरी आज बिहानै मकवानपुरमा बस दुर्घटना हुदा ९ को मृत्यु..

फेरी आज बिहानै मकवानपुरमा बस दुर्घटना हुदा ९ को मृत्यु..

Written By news on Saturday, 30 July 2016 | 21:56



मकवानपुरः
मकवानपुरमा भएको यात्रुबाहक बस दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । दुई बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले अन्नपूर्ण पोस्टलाई जानकारी दिए । तीन दुई जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको थियो भने एकको उपचार गर्दागर्दै ज्यान गएको हो ।

काठमाडौंबाट गाइघाटतर्फ गइरहेको ना ५ ख ५०५५ नम्बरको बस र काकडभिट्टाबाट काठमाडौं आइरहेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किंदा दुर्घटना भएको हो । दुर्घटना राति करिब एक बजेको समयमा भएको भन्दै गौतमले कारण खुल्न नसकेको र दुर्घटनास्थलको प्रकृति हेर्दा एउटा गाडीले सेन्टरलाईन क्रस गरेको बताए । उनले भने–‘दुर्घटनाको कारण अहिले खुल्न सकेको छैन । दुवै बसका चालक गम्भीर घाइते भएका छन् । दुवैको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएपछि केही थाहा होला । यात्रुहरुले आफूहरुलाई बस ठोक्किएको मात्र थाहा छ अरु थाहा छैन भनेका छन् । दुर्घटनामा परी घाइते भएकाहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । यसअघि २०७१ कात्तिक १५ गते राति पनि इलामबाट काठमाडौं आउँदै गरेको रात्रिबस र काठमाडौंबाट विराटनगर जाँदै गरेको रात्रिबस मकवानपुरकै बासबाढीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । सो दुर्घटना पनि दुर्इ बस एकआपसमा ठोकिएर भएको थियो । पछिल्लो समय यात्रुबहाक बस दुर्घटनाको क्रम बढेको छ । बिहीबार मात्र धनकुटाको सिधुवामा भएको दुर्घटनामा पूर्वराज्यमन्त्रीसहित १५ जनाले ज्यान गुमाएका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger