|
|
काठमाडौं ।
गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ को प्रहरी इन्कान्टरमा मृत्यु भएपछि राजधानीमा सक्रिय गुण्डाहरुको खोजी शुरु भएको छ। गुण्डागर्दीविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत भएपछि गुण्डाहरुबीच भागदौड मच्चिएको छ । खासगरी प्रहरी सूचिमा वान्टेड रहेकाहरुको सातो गएको छ । दर्जनौं गुण्डाका नाइकेहरु प्रहरीको वान्टेड सूचिमा छन् । चरी निकट पञ्चे लामालाई पनि सुट एट साइटको आदेश प्रहरीले दिएको बताइन्छ। गत वर्षमात्र जेलबाट छुटेका बैंक लुटेरा टासी लामा अर्का वान्टेड गुण्डाका नाइके हुन्। पछिल्लो समय उनले व्यापारीलाई अपहरण गरेर पैसा असुल्दै आएका छन् । चरीको इन्काउन्टरपछि ठूला डनहरु भागिसकेका छन् भने टोलेहरु पनि तर्सिएका छन् । विभिन्न मुद्दामा वान्टेडहरुले उपत्यका छाडिसकेका छन् । ठूला डनहरु दीपक मनाङे, गणेश लामा, राजु गोर्खाली, मिलन चक्रे, साजन महर्जन, बाघे लामा, माइला लामा, रोज राणा, मिनकृष्ण महर्जन, बिश्वक्रान्तिहरु पनि आतंकित छन् इन्काउन्टरको डरले।
आफूहरु सुध्रिन पाउने र सुध्रिएको तर्क गर्ने यी गुण्डा नाइकेहरुले गोप्य रुपमा व्यापारीलाई धम्काउने काम अझै छाडेका छैनन् । सम्पत्ति शुद्धीकरण मुद्दाबाट छुटेपछि मनाङे व्यापारमा केन्द्रीत छन्। ठमेलमा उनको राज अझ कायमै छ । ठमेलमा विभिन्न रेष्टुरेन्टमा लगानी गरेका उनको हेटौंडामा क्रसर तथा नवलपरासीमा जडिबुटीसम्म व्यवसाय छ । केही समय राजनीतिमा लागेपनि पछिल्लो सयम उनी त्यती सक्रिय छैनन् ।
अर्का गुण्डा नाइके गणेश लामाको अधिकांश समय कान्तिपथको माउन्टेन होटलमा बित्ने गर्दछ भने उनी पनि १०/१२ जना केटाहरु बोकेरै हिड्ने गर्दछन् । लामाले साथीहरुको नामको कम्पनीबाट ठेक्काको सेटिङ मिलाउँदै आएका छन् । काभ्रेली समूहका थोरै व्यक्तिहरु मात्र उनीसँग रहेको बताइन्छ । दुई वर्षअघि युवासंघमा प्रबेश गरेका साजन महर्जन पद नपाएपछि एमालेमा सक्रिय छैनन्। यतिबेला उनी निर्माण सामाग्रीको व्यवसाय चलाएर बसेका छन् । त्यस्तै नुवाकोटका कांग्रेस नेताहरुसँगको छत्रछायाँमा आतंक मच्चाउँदै आएका बालाजुका माइला लामा सो क्षेत्रका ठेक्कापट्टामै केन्द्रीत छन् । ललितपुरका मिनकृष्ण महर्जनको पनि प्रमुख काम ठेक्कापट्टा नै हो । ललितपुरको चापागाउँ क्षेत्रमा संचालित अवैध ढुङ्गाखानी र क्रसरमा उनको लगानी छ । ललितपुरका सरकारी ठेक्कामा उनको दबदबा छ । सडक ठेक्काको कमिसन नमिल्दा नै रमेश बाहुनसँगको उनको झगडा भएको थियो । त्यही झगडाको क्रममा शुरुमा महर्जनले बाहुनको तिघ्रामा गोली हानेपछि बाहुनले जवाफमा उनलाई गोली हानेका थिए । गत असार १० गते पक्राउ परेका बाहुन यतिखेर डिल्लिबजार जेलमा छन् ।
त्यस्तै समिरमानसिंह बस्नेत दुई साताअघि कालिमाटी वृत्तको हिरासतबाट छुटेका छन् । चरीका दुश्मन राधे भण्डारीसँग उनको दोस्ती छ । जेलबाट छुटेपछि अर्का डन राजु गोर्खालीले रेष्टुरेन्ट चलाउदै आएका छन् । महिनादिन अगाडि मात्र जेलबाट छुटेका मिलन चक्रे चरीलाई लगाएर दुश्मन आक्रमण गर्ने योजना बनाए पनि चरी नै मारिएपछि डराएका छन्। उनका भाई तेजेन्द्र गुरुङलगायतको समूहले पछिल्लो समय पनि महाराजगंज क्षेत्रमा नियमित असुली गर्दै आएको छ । चक्रे ठेक्कापट्टाको काममा यतिखेर गोरखा पुगेका छन् ।
ललितपूरको लखनखेललाई आफ्नो आधार क्षेत्र बनाएका लामा दाजुभाईले स्वमसेवक दस्ताको नाममा स्थानिय ब्यापारीलाई दुःख दिन थालेका छन् । तर यस विषयमा प्रहरीले कुनै चासो नदेखाएको पिडीतहरुले गुनासो गरेका छन् । जिल्लाको एमाले नेता मधुसुदन पौडेलको छत्रछायामा लामा दाजुभाईले लगनखेलमा अखडा जमाएका छन् । उनीहरुको आपराधिक दस्तामा ३० जना रहेका छन् । फसेको पैसा उठाउने नाममा प्रहरीले झै उक्त दस्ताले व्यक्तिको घरमै गएर अपहरण सैलीमा उठाएर ल्याउने र साझा भबनमा भएको कार्यालयमा लगेर कुटपीटको साथै जबरजस्ति कागज गराउँदै आएका छन् । धादिङका लामा दाजुभाइ मृतक डन दिनेश अधिकारी ‘चरी’ निकट रहेका थिए । चरीले लामाको अपराधिक समुहलाई बेला बेलामा धादिङमा हुने एमालेको कार्यक्रमा सहभागी गराउने गरेका थिए । साझा भवनमा कार्यालय खोलेका लामाको दस्ताले गत सात महिना देखि घर भाडासमेत तिरेका छैनन् ।
ललितपुरमा मिनकुष्ण महर्जन समेत यो समूहसँग हच्किने गरेको गुण्डाहरुमा चर्चा चलेको छ । गुण्डा सानु लामालाई समेत उनीहरुले धम्क्याउने गरेको चर्चा चलेको छ । लामा दाजु भाईको असुली धन्दालाई ललितपुरका केहि जुनियर प्रहरी अधिकृत र घुमुवालेसमेत साथ दिएका छन् । रेष्टुरेन्ट, पसलदेखि लाईनमा चल्ने बसहरुसँग असुलेका पैसाले उनीहरु बिलासिताको जीवन जीउन थालेका छन् ।
त्यस्तै बारम्बार अपराधमा संलग्न भएका भक्तपुरका गुण्डा नाइके सगुन श्रेष्ठ पनि अहिले प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका छन् । सिन्धुपाल्चोका ठेकदार जीवन श्रेष्ठलाई अपहरण गरेको आरोप लागेपछि श्रेष्ठ फरार हुदै आएका छन् । फरार श्रेष्ठ गत साता ठेकदार जीवनको घरमा पेस्तोलसहित पुगेर जीवनकी श्रीमतीलाई धम्क्याएको भन्दै महानगरीय प्रहरी बृत्त ठिमीमा उजुरीसमेत परेको छ । श्रेष्ठ नेपाली कांग्रेस निकट मानिन्छन् । भक्तपुरमा हुने अधिकांस निर्माणको ठेक्का, अबैध बालुवा खानी, ढुंगा खानीबाट असुलेको रकम नै श्रेष्ठको आम्दानीको स्रोत हो ।
राजधानीमा ग्याङवार बढ्न लागेको सूचनाकै आधारमा इन्काउन्टरको शुरुवात गरिएको हो । महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारी भन्छन्,‘ग्याङवार गर्ने अब कोही बाँकी रहदैनन्, सुट एट साइटको स्पष्ट अर्डर माथिबाट आइसकेको छ ।’
कुन समूहमा को–को
काठमाडौं उपत्यकामा प्रहरी तथ्यांकले गुण्डाहरुको संख्या करिव दुई सय देखाएको छ । प्रहरीका अनुसार उनीहरु विभिन्न समूहमा आबद्ध रहेर आपराधिक गतिविधिमा संलग्न छन् । हत्या अभियोगमा दुई बर्ष कैद भुक्तान गरी छुटेका राजु गोर्खालीमातहत सबैभन्दा बढी तीन दर्जन गुण्डा संगठित छन् । गोर्खालीको महानगरिय आयुक्त कार्यालयका प्रमुख डिआईजी विज्ञानराज शर्मासँग राम्रो सम्बन्ध रहेका कारण उनको भित्री असुली धन्दाका बारेमा प्रहरी जानकार भएपनि शर्मासँगको सम्बन्धले प्रहरीले केही गर्न सकेको छैन । गोर्खालीको समूहमा पहिलो नम्बरमा विनोद थापा छन् । जेलबाट छुटेपछि पनि गोर्खालीले संगठन चलाइरहेका छन् । जतिसुकै सजाय भुक्तान गरेर छुटे पनि अधिकांश आपराधिक गतिविधिमै लाग्छन् ।
गोर्खालीको समूहमा विनोद थापा, प्रदीप थापा, मधुकर, विष्णु मानन्धर, साजन महर्जन, कुमार गिथ्ही, सञ्जय डंगोल, डल्लुसिंह गुरुङ, सन्ते राना, खड्ग रायमाझी, प्रतीक श्रेष्ठ, अञ्जु राना, भीमसेन गुरुङ, प्रदीप काले, विनोद श्रेष्ठ, सुदीप श्रेष्ठ, सुरज श्रेष्ठ, नीतेश केसी, सन्तोष कुवर, निकेश थापा, सन्नी श्रेष्ठ, राकेश श्रेष्ठ, रोहित सुनुवार, सुनील लामा, रवि कपाली, राजेन्द्र अधिकारी, धिरेन, रवि कार्की, सानो बाबु, गोपाल, सागर तामाङ, पारस लामा, सुनील तामाङ, रामकृष्ण श्रेष्ठ, भीम राई, भूषण राईलगायत छन् ।
राजनीतिक संरक्षण पाएका काभ्रेली समूहका नाइके गणेश लामा सदस्यका आधारमा दोस्रो नम्बरमा छन् । उनको नेतृत्वमा पनि करिव तीन दर्जन गुण्डा सक्रिय रहेका छन् । तथ्यांकअनुसार उनको समूहमा काम गर्नेमध्ये पहिलो नम्बरमा अभिमानसिंह बस्नेतको नाम थियो । तर यतिबेला बस्नेतले छुट्टै समूह बनाएका छन् । लामाको समूहमा टोकल लामा, कृष्ण पाण्डे, विनय मगर, अजय थापा, विजय लामा, बाला लामा, आशीष श्रेष्ठ, मिलन लामा, सूर्य लामा, अशोक लामा, खगेन्द्र लामा, अदीप लामा, चन्द्र लामा, केशव लामा, दीपेन्द्र लामा, राम गिरी, कांग्रेस सभासद् तीर्थ लामा, अमृत लामा, दावा लामा, जित लामा, कान्छा लामा, धनबहादुर लामा, दुर्गा तामाङ, विनोद पंन्त, जीवन लामा, फुर्वा लामा, श्री शाही, कमल भण्डारी, राम परियार, दमन बस्नेत, कुमार गुरुङ, सञ्जय लामा, माइला लामा, मिलन गुरुङ रहेका छन् । यीमध्येका गिरीले ठमेलमा प्रहरीसँग मिलेर छुट्टै समूह बनाई काम गर्दै आइरहेका छन् । उनको फेसज बारमा केही प्रहरी अधिकृतहरुको लगानी समेत रहेको छ ।
चक्रे भनिने मिलन गुरुङको समूहमा करिव ३५ गुण्डाहरु सक्रिय छन् । उनका सदस्यमध्ये पहिलो नम्बरमा भाइ तेजेन्द्र नै पर्छन् । तर प्रकाश गुरुङले चक्रेको सबैभन्दा बढी विश्वास ओगटेका छन् । चक्रेको समूहमा प्रकाश गुरुङ, तेजेन्द्र गुरुङ, सुनील अमात्य, अनिल अमात्य, रमेश बस्नेत, अखिल खड्का, रामु श्रेष्ठ, राजन थापा, राजेश महर्जन, धने विशाल, देवराज गुरुङ, नारायण तामाङ, लालबहादुर आले, शेर्पा मलको जन्जिर बारका विश्व गुरुङ, नवराज गुरुङ, धनबहादुर लामा, नीराजन लामा, अमृत केसी, दावा गोले, भीमदेव कार्की, प्रसन्न तामाङ, रोशन मगर, किसमत गुरुङ, जितबहादुर तामाङ, निर्मल लामा, जित गुरुङ, शंकर लामा, गल्भु गुरुङ, रमेशप्रताप शाह, निर्मल गुरुङ, सूर्यमान तामाङ, रीतेश थापा, सुमन रम्तेल, दिनेश रम्तेल, श्यामकृष्ण्ँ महर्जन, विनोद थापालगायत रहेका छन् ।
त्यस्तै संख्याका आधारमा बाघे लामा चौथौ नम्बरको नेतृत्वकर्ता देखिन्छन् । उनको समूहमा ११ सदस्य छन् । अनिल थापा, जशवन्त गुरुङ, दीपक श्रेष्ठ, कुमार लामा, अर्जुन कुटवार, अकुल थापा, रुपक र दीपक पाण्डे उनका सदस्य हुन् ।
पाँचौ नम्बरको नेतृत्वकर्ता डाक्टर भनिने प्रवीण प्रधान छन् । उनको समूहमा निरज चित्रकार, रोमिन श्रेष्ठ, रघु राजभण्डारी, प्राचीन श्रेष्ठ, काजीमान श्रेष्ठ, पूर्ण गुरुङ, राजन लामा, निरज श्रेष्ठ, सन्जु श्रेष्ठ र महेन्द्र रन्त शाक्य गरी १० सदस्य छन् ।
छैटौ नम्बरको नेतृत्वकर्ता मिननकृष्ण महर्जन हुन् । उनको क्षेत्र पाटन हो । उनको समूहमा लायन महर्जन, दधि महर्जन, राकेश महर्जन र विक्रम गुरुङ सक्रिय छन् । मिनकृष्णलाई रमेश बजगाईं नामका प्रहरीले पनि सहयोग गरिरहेका छन् । समूहमा धेरै सदस्य नभएका गुण्डाको संख्या ५० भन्दा धेरै रहेको प्रहरीको दाबी छ । त्यसपछि चरीकै नामले चिनिने अर्का गुण्डा हुन्, विज्ञान श्रेष्ठ । त्यसपछि मनोज तुलाधर, महारानी डंगोल, मनोज श्रेष्ठ, सोल्टी गुरुङ, भरत श्रेष्ठ, सुनील कामी, दीपेन्द्र अधिकारी, आकाश श्रेष्ठ, सुमनरत्न शाक्य, समिर बस्नेत, सुदर्शन थापामगर, सुजन गुरुङ, सागर श्रेष्ठ, सुदीप थुलुङलगायत छन् ।
|
|
Post a Comment