|
|
मुटु फेलियरपछि अस्पताल पुगेका एक बडिबिल्डरको कृत्रिम मुटु जडान भएको छ । उनी सोही कृत्रिम मुटु बोकेर आफ्नो नियमित काममा फर्किएका छन् । अर्थात् झोलामा मुटु बोकेर जिमखानामा प्रशिक्षण दिइरहेका छन् । अमेरिकाको कनेक्टिकटका एन्ड्रिउ जोन्स दर्गुर्ने क्रममा सन् २०१२ मा श्वास फेर्न गाह्रो भएको थियो । दुई वर्ष अगाडि उनको खोकीमा रगत आउन थाल्यो ।
ज्वरो पनि बढ्यो चिकित्सकले उनलाई कार्डियोमायोपेथी (मुटुको मांशपेशीसम्बन्धि बंशानुगत रोग) को उपचार भयो, जसका कारण हिडडुल गर्न पनि सकेनन् । केही महिनापछि चिकित्सकले उनलााई मुटु प्रत्यारोपण गर्न सुझाब दिए । प्रत्यारोपण नभएमा मृत्यु हुने खतरा बढ्यो । प्रत्यारोपण गर्ने मुटुको अभावमा उनी झोलामा पछाडि कृत्रिम मुुट जडान गरेका छन् । मृत्युको मुखबाट बचेका उनी पुनः जिममा फर्किएका छन् । आफूलाई अहिले निकै कठिनाई भएको उनी गुनासो गर्छन् । ‘श्वास फेर्न, खान सुत्न साहै समस्या भएको छ,’ उनी भन्छन् । यही रोगले आफूलाई डिप्रेसन र शारीरिक पीडा ल्याएको उनी बताउँछन् । उनी १० मिनेट भन्दा बढी उभिन सक्दैनथे । ‘किचन जानु मेरा लागि सबैभन्दा ठूलको पीडा थियो । भ्याङ चढेर माथिल्लो तलामा जानुपथ्र्यो । न त लुगा लगाउन सक्थे । मेरो जीवन साहै्र पीडादायी थियो । कार्डिओमायोप्याथीका मुटुको संरचनालाई अशर गर्ने र शरिरमा रगत पम्प गर्ने क्षमतामा हस ल्याइदिन्छ । सोही समस्याले उनी हिँडडुल गर्ने नसक्ने भएका थिए । तर, कृत्रिम मुटुको प्रत्यारोपणपछि उनमा बिस्तारै सुधार आएको छ । उनी जिम तालिममा फर्किएका छन् । उनले बोकेको कृत्रिम मुटुका दुई ओटा ट्युब छन् । सो ट्युब एउटा मेसिनमा जडान गरिएको छ, जुन मेसिन झोलाभित्र राखिएको छ । मेसिनले भेन्ट्रिकल (ह्दयको नजिकको कोष) दबाबपूर्ण हावा प्रदान गर्छ । ताकी शरिरलाई रगत पम्प गर्न सहयोग पुर्याउँछ । । उनले जिमखानामा आउने मानिसलाई तालिम प्रदान गरिरहेका छन् । ‘म उही पुरानो एन्ड्रिउ हुँ । जिमखानाको मोहका कारण अहिले पनि उत्साहका साथ तालिम प्रदान गरिरहेको छु,’ उनले भने । जोन्सले हर्टस एत लार्ज नामक आफ्नै चेरिटी खोलेका छन् । मुटुको डोनेसनमा सचेतना ल्याउन इस्टरग्राममा यस्तो सचेतना अभियान चलाएका हुन् । उनको यस अभियानमा १४०० फलोअर छन् । एजेन्सी
|
|

Post a Comment