Headlines News :
Home » » सत्तारुढ दलकै नेता पक्राउ परेपछि जनकपुरमा तनाव...

सत्तारुढ दलकै नेता पक्राउ परेपछि जनकपुरमा तनाव...

Written By news on Sunday, 3 July 2016 | 05:32


बग्दाद। बंगलादेशको ढाकामा आक्रमणको ४८ घण्टा नबित्दै इस्लामिक अतिवादी समूह आइएस (इस्लामिक स्टेट)ले इराकको राजधानी बग्दादको व्यापारिक इलाकामा आइतबार बिहानै आत्मघाती कारबम आक्रमण गरेका छन् ।  आक्रमणमा कम्तीमा ८३ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । राजधानी बग्दादमा यस बर्षमा भएका एकल आक्रमणहरुमा यो सब भन्दा भीषण आक्रमण भएको बताइएको छ । आक्रमणमा परी अन्य झण्डै डेढसय घाइते भएका छन् । सो विस्फोटन बग्दादको कर्रादा क्षेत्रमा रहेको सडकमा भएको थियो ।  मुसलमान समूदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको लागि धेरै व्यक्तिहरुको किनमेल गर्न जान आवातजावत सडकमा सो विस्फोटन गराइएको थियो । आक्रमणको आइएस आतङ्ककारी समूहले एक विज्ञप्ति प्रकाशित गरी जिम्मा लिएको छ ।  इराकमा आइएस आतङ्ककारी समूहले बारम्बार सिया मुसलमान समूहलाई लक्ष्यगरी आक्रमण गर्दै आएको पाइन्छ । बग्दाद र इराकभरी नै यस्ता आक्रमण बारम्बार हुने गरेका छन । इराकको फल्लुजा सहर आइएस लडाकू समूहबाट पूर्णरुपमा इराकी बलले नियन्त्रणमा लिएको एक हप्तापछि यो भीषण आक्रमण भएको बताइएको छ । फल्लुजा इराकको राजधानी बग्दादबाट ५० किलोमिटर पश्चिममा पर्दछ ।  सरकार विरोधी यी लडाकूहरुले सन् २०१४ को सुरुबाट नै इराकको फल्लुजा सहर कब्जा गर्दै आएका थिए । फल्लुजा सहर आइएस आतङ्ककारी समूहको एक बलियो प्रभाव रहेको सहरको रुपमा रहेको थियो । इराकी सुरक्षाबलले गत मेबाट सो सहर पुनः नियन्त्रणको लागि सुरु गरेको कारबाहीपछि गत हप्ता सुरक्षाबलले नियन्त्रणमा लिएको थियो । एएफपी
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

watch video

loading...
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Daily online samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger